चीन आयात निर्यात मेलाको स्थापनाको ६७ वर्ष यता कारोबारको कूल रकम १५ खर्ब अमेरिकी डलर पुगेको
2023-04-17 15:14:16cri
Share with:

अप्रिल १६ तारिख, क्वाङ चौ व्यापार मेला अर्थात् चीन आयात निर्यात मेलाका उपप्रमुख एवम् चीन वैदेशिक व्यापार केन्द्रका उपप्रमुख वन चौङ ल्याङले चीन-अफ्रिका, पश्चिम एशिया आर्थिक व्यापारिक सहयोग नयाँ मौका शीर्षक मञ्चमा सहभागिता जनाउँदै क्वाङ चौ व्यापार मेला चीन विदेशतिर खुला गर्ने महत्वपूर्ण झ्याल हुनुका साथै वैदेशिक व्यापार गर्ने महत्वपूर्ण चौतारो रहेको व्यक्त गर्नुभएको छ।

क्वाङ चौ व्यापार मेलाको स्थापना भएको ६७ वर्षयता निर्यातको कूल रकम १५ खर्ब अमेरिकी डलर बराबर पुगेको र मेलामा प्रत्यक्ष रूपमा भाग लिएका र वेबसाइटबाट कारोबार गरेका विदेशी खरिदकर्ताको संख्या लगभग १ करोड पुगेको छ। क्वाङ चौ व्यापार मेलाले चीन र विश्वका विभिन्न मुलुकको आर्थिक व्यापारिक सम्बन्धला अघि बढाउन विशेष भूमिकाको निर्वाह गरेको छ।