विदेशी विद्यार्थीहरुद्वारा “बेल्ट एण्ड रोड” साङ्गीतिक समूह गठन-१
2023-04-17 09:15:26cri
Share with:

चालू वर्ष “बेल्ट एण्ड रोड” प्रस्ताव प्रस्तुत गरिएको दशौँ वार्षिकोत्सव हो। विगत १० वर्षयता “बेल्ट एण्ड रोड” प्रस्तावमा चीन र “बेल्ट एण्ड रोड” प्रस्तावमा सहभागी अरु देशहरु बीचको व्यापार तथा लगानी मात्रामा स्थिरताका साथ वृद्धि हुँदै आएको छ भने भौतिक पूर्वाधार सम्बन्धी अन्तर सम्पर्क तथा अन्तर सह-कार्य सबल हुँदै आएको छ। यसका साथै “बेल्ट एण्ड रोड” विभिन्न देशका जनतामा प्रचलित हुँदै आएको छ। चीनको च्याङ सी प्रान्तको नान छाङ शहरमा रहेको नान छाङ अन्तरिक्ष विश्वविद्यालयमा अध्ययनरत् विदेशी विद्यार्थीहरुद्वारा “बेल्ट एण्ड रोड” साङ्गीतिक समूह गठन गरेको छ, तिनीहरुले गीतहरुमार्फत चीन र विदेशी जनता बीचको मैत्रीपूर्ण भावना जोड्ने गरेका छन्।

तपाईँले सुन्नुभएको गीत “विशाल चीनबारे पहिचान गरौँ” शीर्षकमा “बेल्ट एण्ड रोड” साङ्गीतिक समूहले गाएको गीत हो। यस गीतको बोल यस प्रकार छ, “हिजो तपाईँले चिनेको चीन ग्रेट-वाल, निषिद्ध दरबार र याङ सी नदी हो, तर आजको चीन आविष्कार, इक्सप्रेस रेल तथा फाइभ जी हो।”

सन् २०१३ मा “बेल्ट एण्ड रोड” साङ्गीतिक समूहको स्थापना भएको थियो। नान छाङ अन्तरिक्ष विश्वविद्यालयमा अध्ययनरत् विदेशी विद्यार्थीहरुले आफ्नो इच्छा अनुसार यस साङ्गीतिक समूह स्थापना गरेका थिए। शुरुमा यस साङ्गीतिक समूहका सदस्यहरुमा भारत, बङ्गलादेश र दक्षिण अफ्रिकाका थिए। अहिले सो साङ्गीतिक समूहमा चार जना सदस्यहरु छन्। उनीहरु टान्जानिया, जाम्बिया र जिम्बाब्वेका विद्यार्थीहरू हुन्।

“बेल्ट एण्ड रोड” साङ्गीतिक समूहका मुख्य गायक डानिल सन् २०१५ देखि चीन बस्दै आएका छन्। अहिले उनी नान छाङ अन्तरिक्ष विश्वविद्यालयमा अन्तरिक्ष विषयमा स्नातकोत्तर गर्दै छन्। विगतदेखि वर्तमानसम्म “बेल्ट एण्ड रोड” साङ्गीतिक समूहको उद्देश्य परिवर्तन नभएको उनले बताए।

हाम्रो साङ्गीतिक समूहका केही सदस्यहरु स्नातक गरेर घर फर्केका छन्। तथापि हामी यहाँ छौँ र हाम्रो साङ्गीतिक समूहको नामको निरन्तरता छ। यहाँ हामी विदेशीको रुपमा चिनियाँहरुलाई हाम्रो देशबारे जानकारी दिन्छौँ। यसका साथै हामीले चीनबारे जानकारी लिएर हाम्रो देशका जनतालाई चीनबारे जानकारी दिन्छौँ। मेरो विचारमा यो सहभागीयुक्त सांस्कृतिक आदानप्रदान हो।

डानिलले साङ्गीतिक समूहलाई “बेल्ट एण्ड रोड” को नाम राख्नुको महत्त्वपूर्ण अर्थ रहेको ठहर गर्छन्। किनभने साङ्गीतिक समूहका सदस्यहरु “बेल्ट एण्ड रोड”का सम्बन्धित मुलुकहरुबाट आएका छन्। उनीहरुले एक-अर्कालाई सहायता दिँदै गीत गाउने क्रममा सांस्कृतिक आदान-प्रदान गर्छन्, जुन “बेल्ट एण्ड रोड” प्रस्तावमा प्रस्तुत भावनासँग मिल्छ।