जी ७ विदेश मन्त्रीहरूको बैठकले द्वेषपूर्ण रूपमा चीनलाई गाली गर्नुकासाथै बदनाम गर्‍यो, चिनियाँ परराष्ट्र मन्त्रालयद्वारा असन्तुष्टि व्यक्त गर्दै अडिग रूपमा विरोध
2023-04-18 19:02:07CRI
Share with:

रिपोर्टहरूका अनुसार जी सातले जापानमा परराष्ट्र मन्त्रीहरूको बैठक गरेको छ। योसँगै एक संयुक्त विज्ञप्ति जारी गर्दै थाइवान जलडमरुमा शान्ति र स्थायित्वको महत्वलाई पुन: पुष्टि गर्दै पूर्वी-चीन सागर, दक्षिण-चीन सागर, सिन्च्याङ र तिब्बतसँग सम्बन्धित समस्याहरूको बारेमा चिन्ता व्यक्त गरेको छ। चीनलाई पारदर्शी, पूर्वानुमानयोग्य र निष्पक्ष व्यापार वातावरण सुनिश्चित गर्न आग्रह गरेको छ। यस प्रश्नको जवाफमा चिनियाँ परराष्ट्र प्रवक्ता वाङ वनपिनले भन्नुभयो कि जी सात विदेश मन्त्रीहरूले चीनको गम्भीर अडान र वस्तुनिष्ठ तथ्यहरूलाई बेवास्ता गरेका छन्, चीनको आन्तरिक मामिलामा घोर हस्तक्षेप गर्दै द्वेषपूर्ण रूपमा चीनको बदनाम गरेको छ।

 

प्रवक्ता वाङले भन्नुभयो: "थाइवान चीनको भूभागको एक पवित्र र अविभाज्य भाग हो, एक चीन सिद्धान्त थाइवान जलडमरूमा शान्ति र स्थिरता कायम राख्नको लागि आधार हो, थाइवान जलडमरूमा वास्तवमै शान्ति कायम राख्न हामीले स्पष्ट रूपमा 'थाइवान स्वतन्त्रता' गतिविधिहरूको विरोध गर्नैपर्छ र रोक्नैपर्छ, हङकङ, सिन्च्याङ र तिब्बतको मामिला चीनको आन्तरिक मामिला हो र कुनै पनि बाह्य शक्तिलाई हस्तक्षेप गर्न दिइने छैन। पूर्वी-चीन सागरको वर्तमान अवस्था र दक्षिण-चीन सागर सामान्यतया स्थिर रहन्छ। सम्बन्धित देशहरूले शान्ति र स्थायित्व कायम गर्न यस क्षेत्रका देशहरूको प्रयासलाई इमान्दारीपूर्वक सम्मान गर्नुपर्छ र यस क्षेत्रका देशहरू बीचको सम्बन्धलाई उक्साउने र शिविरहरू बीच टकराव सिर्जना गर्ने काम बन्द गर्नुपर्छ।"