पहिलो त्रैमासिकमा चीनको जीडीपी ४.५ प्रतिशतले वृद्धि
2023-04-18 10:20:46CRI
Share with:

चिनियाँ राज्य परिषदको प्रेस कार्यालयले १८ तारिख पत्रकार सम्मेलनको आयोजना गरेर सन् २०२३ पहिलो त्रैमासिकमा चीनको अर्थतन्त्रबारे जानकारी दिएको छ। 

चिनियाँ राष्ट्रिय तथ्याङ्कका जिम्मेवार व्यक्तिले दिएको जानकारीअनुसार, प्रारम्भिक गणनामा पहिलो त्रैमासिकमा चीनको जीडीपी २८४ खर्ब ९९ अर्ब ७० करोड युआन भएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ४.५ प्रतिशतले वृद्धि हुनुका साथै गत वर्षको चौथो त्रैमासिकको तुलनामा २.२ प्रतिशतले बढी हो।