राष्ट्र संघको सुरक्षा परिषदमा कोरियाली प्रायद्वीपको अवस्थाबारे चासो
2023-04-18 10:13:11cri
Share with:

स्थानीय समय अनुसार अप्रिल १७ तारिख, संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले कोरियाली प्रायद्वीप अवस्थाबारे खुला बैठकको आयोजना गरेको छ। संयुक्त राष्ट्र संघका लागि चीनका स्थायी प्रतिनिधि चाङ च्युनले अमेरिकाले कोरियाली प्रायद्वीप वरिपरि सैन्य अभ्यासको आयोजना गरेकोले उत्तर कोरियाको सुरक्षालाई उत्तेजित पारेको टिप्पणी गर्नुभयो। यसैकारण हाल कोरियाली प्रायद्वीपमा तवावपूर्ण स्थिति सिर्जना भएको पनि उहाँले औँल्याउनुभयो। विभिन्न पक्षले एक अर्काको उचित चासोलाई कदर गरेर वार्ता प्रक्रियालाई अघि बढाउनुपर्ने प्रतिनिधि चाङले व्यक्त गर्नुभयो।

संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले कोरियाली प्रायद्वीपको तनावपूर्ण अवस्थालाई खुकुलो पारेर प्रायद्वीपको दीर्घकालीन स्थिरतालाई अघि बढाउनुपर्ने भन्दै प्रतिनिधि चाङले सुरक्षा परिषद्ले निष्पक्षतालाई नछोड्ने र कुनै मुलुकको भूराजनीतिक सेवाप्रदायक उपकरण नबन्ने अपेक्षा पनि गर्नुभयो।