अल्पसंख्यक जाति# ३०० वर्षको इतिहास बोकेको लामा टेम्पल-2
2023-04-18 09:30:22CRI
Share with:

यसअघिको कार्यक्रममा मैले चर्चा गरिसकेँ-

 लामा टेम्पल पैचिङको दोस्रो रिङरोडको उतर-पूर्वी छेउमा अवस्थित छ। यो भवन छिङ राजवंशको सबैभन्दा महत्वपूर्ण गुम्बा थियो। सन् १६९४ मा तत्कालीन सम्राटको चौथो छोरा अर्थात् १६ वर्षीय राजकुमार यिन चेनलाई यो घरआवास प्रदान गरिएको थियो। शाही अधिकार जित्ने युद्धमा उनले क्रमशः बुवा सम्राटको नजर जितेर अन्तिममा सम्राटको पद पाएका थिए।

यसका साथै यो दरबारको तह पनि क्रमशः बढेको थियो। उक्त दरबार शाही पूर्वजको पूजाआजा गर्ने मन्दिर बनेको थियो। सन् १७४४ मा तिब्बतलाई स्थिर बनाउन र उत्तर-पश्चिमी भागमा बसोबास भएका जातिहरूलाई एकिकृत गर्नका लागि तत्कालीन छ्यान लुङ सम्राटले योङ ह कोङ नामक दरबारलाई तिब्बती बुद्ध धर्मको गुम्बाको रूपमा निर्माण गर्न आदेश दिएका थिए। त्यसबेला तिब्बतमा राजनीति परिस्थिति त्यति स्थीर नभएकाले तिब्बत तथा मंगोलिया क्षेत्रमा तिब्बती बुद्ध धर्मको गेरूवा सम्प्रदाय पन्थको प्रभावको विचार गर्दा योङ ह कोङ दरबारलाई गेरूवा सम्प्रदाय रूपी गुम्बाको रूपमा निर्माण गरिएको थियो। 

योङ ह कोङ दरबार लामा टेम्पल बनेपछि यसको तिब्बत, मंगोलिया लगायतका जातीय क्षेत्रमा ज्यादै प्रभाव बढेको थियो। राज्य गुम्बाको हैसियतमा यो लामा टेम्पलले केन्द्रिय सरकार र तिब्बत तथा मंगोलिया क्षेत्रसँग सम्पर्क गर्ने इतिहास सुरू गरेको थियो। तिब्बत र मंगोलिया क्षेत्रका धेरै प्रतिष्ठित भिक्षु र लामाहरू यो टेम्पलमा अध्यक्ष नियुक्त भएका थिए। जसले तिब्बती बुद्ध धर्मका प्रतिष्ठित भिक्षु तथा लामाको तालिम र जातिबीचको आदानप्रदानका लागि योगदान दिएको छ।

छिङ राजवंशकालीन शाही गुम्बा-मन्दिरको हैसियतमा लामा टेम्पलमा हान, तिब्बती, मंगोलियाली लगायत बहुजातीय साँस्कृतिक तत्व देखिएको छ। लामा टेम्पलमा वान फू क अर्थात् सौभाग्य भवन सबैभन्दा उत्कृष्ठ छ। पुनर्निर्माण गर्ने प्ररम्भमा सम्राट छ्यान लोङले लामा टेम्पलको बगैंचाको उत्तरी भाग धेरै खाली भएको विचार गरेर एउटा ठूलो भवनको निर्माण गर्ने योजना बनाएका थिए। सातौँ पञ्चनले यो योजना पाएर नेपालबाट २६ मिटर लामो चन्दनको काठ किनेका थिए। धेरै कठिनाइको सामना गरेर यो काठबाट मैत्रेय बुद्धको मूर्ति बनाएर वान फु भवनमा राखिएको थियो, आज पनि पर्यटकहरूले यो भव्य मूर्ति देख्न सक्छन्। त्यो उभिएको मैत्रेय मूर्ति भूमिमाथि १८ मिटर हुनुका साथै भूमिमुनि ८ मिटर रहेको छ। वान फू भवनको निर्माण पूरा भएपछि सातौँ पञ्चनले बुद्ध धर्मसम्बन्धी ४१ थाङ्का दिनुका साथै पहिलो थाङ्कामा शुभकामना शब्द पनि लेखेका थिए। हालसम्म यी थाङ्काहरू वान फू भवनको भित्तामा छन्।

त्यसैले वास्तवमा योङ ह कोङ अर्थात् लामा टेम्पल के हो? यो छिङ राजवंशको प्रथम शाही मन्दिर-गुम्बा हो, बहुजातीय साँस्कृतिक आदानप्रदान गर्ने तथा मिल्ने महत्वपूर्ण स्थलहरूमध्येको एक हो, तिब्बती बुद्ध धर्मको सँस्कृति उतराधिकार गर्ने धार्मिक ठाउँ हो, र छिङ राजवंशको केन्द्रिय सकारले मंगोलिया तथा तिब्बतसम्बन्धी मामिलाको व्यवस्थापन गर्ने राजनीतिक केन्द्र पनि भनिएको छ। यसले चीनको एकीकरणको संरक्षण गर्न, जातीय एकतालाई सबल पार्न र सीमा क्षेत्रको स्थिरताको प्रत्याभूति गर्न ज्यादै महत्वपूर्ण भूमिका खेलेको थियो।