तेस्रो चिनियाँ अन्तर्राष्ट्रिय उपभोग्य वस्तु मेला सम्पन्न
2023-04-18 11:22:38cri
Share with:

छ दिने तेस्रो चिनियाँ अन्तर्राष्ट्रिय उपभोग्य वस्तु मेला हाल चीनको हाई नान प्रान्तीय हाईखौ शहरमा सम्पन्न भएको छ। ६५ वटा मुलुक र क्षेत्रका जम्मा ३३८२ वटा उपभोग्य ट्रेड मार्का र ३ लाख २० हजार जनाले उक्त मेला अवलोकन गरेका छन्।

उक्त उपभोग्य वस्तु मेलाको उद्देश्य उपभोगप्रति विश्वास बढाउनु र उपभोगको वृद्धि गर्नु हो। हरित उपभोग्य वस्तु तथा स्वस्थ उपभोग्य वस्तु उक्त मेलामा लोकप्रिय देखिए।

इटाली, फ्रान्स, जर्मनी, जापान, दक्षिण कोरिया, भियतनाम, इन्डोनेशिया, थाइल्याण्ड लगायतका ३५ वटा मुलुक र क्षेत्रका २ हजार भन्दा बढी विदेशी व्यापारीले उक्त मेलामा कारोबार र खरीद गरेका थिए।

चिनियाँ अन्तर्राष्ट्रिय उपभोग्य वस्तु मेला चीनले उपलब्ध गराउने “विश्वबाट खरिद तथा विश्वतर्फ बिक्री” को सार्वजनिक सेवा चौतारो हो।