तुङ ह्वाङको अभिभावक
2023-04-18 18:52:03CRI
Share with:

चीनको उत्तर-पश्चिममा अवस्थित तुङ ह्वाङ कुनै समय प्राचीन सिल्क रोडमा रहेको एउटा महत्त्वपूर्ण सहर थियो र विश्वका चार प्रमुख सभ्यताहरूको मिलन बिन्दु पनि थियो। यसै तुङ ह्वाङमा एक प्रसिद्ध विश्व सांस्कृतिक सम्पदा मोगाओ गुफा रहेको छ।

 

यस बहुमूल्य सांस्कृतिक सम्पदाको संरक्षणको काम गर्न धेरै मानिसहरू यहाँ आउने गर्दछन्। यसरी काम गर्नउनेहरूमध्ये हान वैमङ एक हुनुहुन्छ। २० वर्ष अगाडि विश्वविद्यालयबाट स्नातक गरेपछि हान वैमङ तुङ ह्वाङ एकेडेमीको आर्ट इन्स्टिच्युटमा काम गर्न आउनुभएको थियो।