नयाँ किसान
2023-04-18 11:12:10CRI
Share with:

लिउ शनथिङ चिनियाँ सछ्वान प्रान्तका एकजना फलफूल किसान हुनुहुन्छ। चीनका अधिकांश किसानभन्दा फरक, लिउ शनथिङले चीनको प्रसिद्ध विश्वविद्यालयबाट स्नातक भएर इलेक्ट्रोनिक विज्ञान र प्रविधिमा मास्टर डिग्री पाउनुभयो। हाल चीनले ग्रामीण पुनरुत्थान रणनीति कार्यान्वयन गरिरहेको छ। ग्रामीण क्षेत्रमा स्वरोजगारको वातावरण झन् झन् राम्रो बन्दैछ। सात वर्षअघि लिउ शनथिङले विश्वविद्यालयमा स्थिर जागिर छोडेर जन्मथलो फर्के र ८.६ हेक्टर खेतीयोग्य जमीन ठेक्कामा लिएर किसान बन्नुभयो। चीनमा उच्चस्तरीय शिक्षा लिने किसानहरूलाई “नयाँ किसान” भनिएको छ।   

ग्रामीण क्षेत्र फर्केर लिउ शनथिङले अध्ययन गरेर परम्परागत कृषि र आधुनिक विज्ञान तथा प्रविधिको मिश्रण गर्ने प्रयास गर्नुभएको छ। उहाँबाट अध्ययन तथा सिर्जना गरिएको सिंचाइ प्रविधिले पूरै प्रान्तमा करिब ३०० हेक्टर फलफूल खेतीलाई फाइदा पुर्याएको छ। उहाँबाट स्थापित फार्मले प्रत्येक साल वरिपरिका किसानहरूलाई लगभग ४० वटा रोजगार दिनुका साथै प्रत्येकका लागि १० हजार युआनको आम्दानी थपेको छ। उहाँबाट विकास भएको स्थानीय इ-वाणिज्य मञ्चले प्रत्यक्ष प्रसारणलगायत तरिकामार्फत् बिक्रीमा सहयोग दिएको छ। उहाँले विविध तरिकामार्फत् कृषि विज्ञान तथा प्रविधि सिकाउनुका साथै स्वयं सेवकको व्यवस्थापन गरेर खेतमा किसानहरूको समस्याको समाधान गर्न सहयोग दिनुभएको छ। 

राष्ट्रिय ग्रामीण पुनरूत्थान नीतिमा लिउ शनथिङजस्तै उच्च शिक्षा लिने  झन् झन् बढी मान्छेहरू ग्रामीण क्षेत्र फर्केर आफ्नो मूल्यावान् सपना साकार तुल्याउनुका साथै जन्मथलोको अझै राम्ररी निर्माण गरेका छन्।