किन चीनको "पहिलो त्रैमासिक रिपोर्ट" अपेक्षाहरू भन्दा बढी भयो
2023-04-19 16:55:24CRI
Share with:

चीनले आधिकारिक रूपमा सन् २०२३ को पहिलो त्रैमासिकको राष्ट्रिय आर्थिक तथ्याङ्क १८ तारिख सार्वजनिक गरेपछि, विदेशी सञ्चारमाध्यमहरूले विभिन्न टिप्पणीहरू गरेका छन्: "चीनको अर्थतन्त्र द्रुत गतिमा सुधार हुँदैछ" र "चीनको अर्थतन्त्र राम्रो सुरुवातमा छ।"

 

प्रारम्भिक गणना अनुसार पहिलो त्रैमासिकमा चीनको कुल गार्हस्थ उत्पादन २८४ खर्ब ९९ अर्ब ७० करोड चिनियाँ युआन रहेको छ, जुन गत वर्षको तुलनामा ४.५ प्रतिशतले बढेको छ। केही विशेष तथ्याङ्क हेरौँ: तोकिएको आकारभन्दा माथिका उद्योगहरूको थपिएको मूल्य गत वर्षको तुलनामा ३.० प्रतिशतले बढेको छ, राष्ट्रिय स्थिर सम्पत्तिको लगानी गत वर्षको तुलना ५.१ प्रतिशतले बढेको छ, उपभोग्य वस्तुको कुल खुद्रा बिक्री ५.८ प्रतिशतले बढेको छ, र कुल आयात र निर्यात मात्रा गत वर्षको तुलनमा ४.८ प्रतिशतले वृद्धि भएको छ।

 

यस वर्षको सुरुदेखि नै अमेरिका र युरोपमा मुद्रास्फिति उच्च रहेको छ, मौद्रिक नीति कठोर हुँदै गएको छ र अमेरिका र युरोपका केही बैंकहरूले हालै तरलता सङ्कटको अनुभव गरेका छन्। भू-राजनीतिक जोखिम र एकपक्षीयता र संरक्षणवादको उदयसँगै विश्व अर्थतन्त्रको अस्थिरता तीव्र भएको छ। यस सन्दर्भमा, पहिलो त्रैमासिकमा चीनको आर्थिक कार्यसम्पादन अपेक्षाभन्दा बढी भएको छ। वाल स्ट्रीट जर्नल” ले अमेरिका र युरोपको आर्थिक मन्दीको बीचमा चीनको आर्थिक पुनरुत्थानले विश्व अर्थतन्त्रलाई बढावा दिने विश्वास लिएको जनाएको छ।

 

चीनको अर्थतन्त्रले पहिलो त्रैमासिकमा राम्रो सुरुवात गरेको छ, जुन चीनको "सबै प्रयास" को परिणाम हो। उपभोगको द्रुत पुनःउत्थान पहिलो त्रैमासिकमा चीनको अर्थतन्त्रको मुख्य आकर्षण थियो। चीनको अर्थतन्त्रको परिवर्तन र स्तरोन्नति जारी छ र नयाँ गतिमा बढिरहेको छ। यसले चीनको उच्च गुणस्तरीय आर्थिक विकासको आवश्यकता पूरा गर्छ। साथै, चीनको उच्च स्तरको खुलापनको निरन्तर प्रवर्द्धनले आर्थिक वृद्धिलाई जीवन्तता दिएको छ।