अमेरिकी उच्च स्तरिय अधिकारी अर्जेन्टिना जाँदा चीन बारेमा किन कुरा गर्छन्?
2023-04-19 19:03:43CRI
Share with:

"अर्जेन्टिनाको भ्रमणमा रहनुभएका अमेरिकी दक्षिणी कमाण्डका रिचर्डसनले अर्जेन्टिनाका अधिकारीहरूसँग ल्याटिन अमेरिकामा चीनको प्रभावबारे कुरा गरेका छन्।" स्थानीय समयअनुसार १७ तारिख, अर्जेन्टिनाको सञ्चारमाध्यमले अमेरिका-अर्जेन्टिना वार्ताको यस्तो मूल्याङ्कन गरेको थियो। । यसअघि, अमेरिकी विदेश विभागका उच्च तह क्रमका नम्बर २ व्यक्तित्व एवम् उपसचिव शर्मनले पनि ब्यूनस-आयर्सको भ्रमण गर्नुभएको थियो र अर्जेन्टिनालाई चीनसँग सम्बन्ध विकास गर्दा "होशियार" हुन आग्रह गर्नुभएको थियो।

 

"अमेरिकाले चीन र अर्जेन्टिनाको सम्बन्धलाई कमजोर पार्न खोजिरहेको छ।" अर्जेन्टिनाको मिडिया "पेज टुवेल्फ्ठ" ले उच्च स्तरिय अमेरिकी अधिकारीहरूको बारम्बार अर्जेन्टिनाको भ्रमणको उद्देश्यमा टिप्पणी गरेको छ।

 

अमेरिकाले किन यस्तो गरिरहेको छ ? अर्जेन्टिनी मिडिया विश्लेषणका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडनले पदभार ग्रहण गरेपछि आफ्नो पूर्ववर्ती सरह चीनलाई दबाउन र नियन्त्रण गर्ने नीतिलाई बलियो बनाएका छन् र उहाँ ल्याटिन अमेरिका वा विश्वमा चीनको विकास हेर्न इच्छुक छैनन्। अर्जेन्टिना ल्याटिन अमेरिकाको ठूलो देश हो। हालैका वर्षहरूमा चीन र अर्जेन्टिना लगायतका राष्ट्रहरूबीचको मैत्रीपूर्ण सहयोग निरन्तर गहिरिँदै गएको छ। सन् २०२२को फेब्रुअरीमा अर्जेन्टिना बेल्ट एण्ड रोड इनिसिएटिभमा औपचारिक रूपमा सामेल भएको छ, यो पहिलो ल्याटिन अमेरिकी देश हो। यो विकासोन्मुख देशहरू बीच पारस्परिक सम्मान, पारस्परिक लाभ र जीत-जीत परिणामको एक व्यावहारिक सहयोग हो। यद्यपि, अमेरिकाको नजरमा, चीन- अर्जेन्टिना सहयोगले आफ्नो स्वार्थलाई चुनौती दिएको छ र आफ्नो वर्चस्वलाई खतरामा पारेको छ, त्यसैले यसले अवरोध र तोडफोड गर्न सक्दो प्रयास गरेको छ।

 

"अमेरिकाले अर्जेन्टिनाको घाँटीमा चक्कु राखेको छ।" अर्जेन्टिनी मिडियाको टिप्पणीले अर्को कारण प्रस्तुत गरेको छः तथ्यहरूले मानिसहरूलाई बताउँछ कि अमेरिकाले अझै पनि ल्याटिन अमेरिकालाई नियन्त्रण गर्न खोजिरहेको छ।