चिनियाँ राष्ट्राध्यक्ष र ग्याबोनका राष्ट्रपति भेटवार्तामा
2023-04-19 18:55:34CRI
Share with:

अप्रिल १९ तारिख अपरान्ह चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले जन बृहत् सभाभवनमा चीनको भ्रमणमा रहनुभएका ग्याबोनका राष्ट्रपति बोँगोसँग भेटवार्ता गर्नुभएको छ।

 राष्ट्राध्यक्ष सीका अनुसार राष्ट्रपति बोँगोको नेतृत्वमा ग्याबोनले आफ्नो राष्ट्रिय अवस्था अनुकूल हुने विकास बाटोलाई सक्रिय खोजी गर्दै राष्ट्रिय स्थिरता र अर्थतन्त्रको बहुपक्षीयवादको प्रवर्द्धन गर्न प्रयास गरिरहेको छ। ग्याबोनको सदिच्छापूर्ण मित्रतामा चीनले ग्याबोनका विविध कार्यहरूमा अझ ठूलो प्रगति हासिल गर्न साथ र सहयोग गर्ने आशा लिएको छ।

भेटमा, राष्ट्राध्यक्ष सीले चीन र ग्याबोनबीचको चौतर्फी साझेदारी सम्बन्धलाई चौतर्फी रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धमा उकास्ने निर्णय प्रस्ताव प्रस्तुत गर्नुभएको छ।