संयुक्त राष्ट्र संघद्वारा अमेरिकाको दस्तावेज चुहावट सम्बन्धी मामिलामा ध्यानाकर्षण व्यक्त
2023-04-19 11:21:11CRI
Share with:

१८ तारिख राष्ट्र संघीय सचिवालयले संयुक्त राष्ट्र संघस्थित अमेरिकी प्रतिनिधि मण्डलमार्फत् दस्तावेज चुहावट मामिलामाथि ध्यानाकर्षण गरेको राष्ट्र संघका प्रवक्ताले बताएका छन्। 

हालै अमेरिकी सरकारले राष्ट्र संघका महासचिव र अरू उच्च पदाधिकारीहरूको सञ्चार सम्बन्धी निगरानी र हस्तक्षेप गरेको जनाइएको छ। संयुक्त राष्ट्र संघले त्यसबारे अमेरिकासमक्ष ध्यानाकर्षण भएको जनाएको छ। यो गतिविधि राष्ट्र संघीय बडापत्र र राष्ट्र संघीय विशेष अधिकार तथा दण्डहीनता सन्धिमा अमेरिकाको व्यवहार अनूकुल नभएको संयुक्त राष्ट्र संघले स्पष्ट रूपमा व्यक्त गरिसकेको छ।