चिनियाँ परराष्ट्रमन्त्री छिन काङद्वारा ऊरुग्वे समकक्षीसँग भेटवार्ता
2023-04-19 10:18:50cri
Share with:

अप्रिल १८ तारिख चीनको राज्य परिषदका सदस्य एवम् परराष्ट्र मन्त्री छिन काङले पैचिङमा ऊरुग्वेका विदेश मन्त्री बुस्टिल्लो बोनास्सोसँग भेटवार्ता गर्नुभएको छ।

मन्त्री छिन काङले चीन र ऊरुग्वेबीचको सम्बन्ध फरक राष्ट्रिय अवस्थाका मुलुकहरूबीचको सहयोग र साझा विजयीको नमूना बनेको भन्दै दुई पक्षले केन्द्रीय हित सम्बन्धित र महत्वपूर्ण समस्याहरूमा निरन्तर रुपमा पारस्परिक रुपमा समर्थन दिएको स्मरण गर्नुभयो।

प्रत्युत्तरमा बोनास्सोले ऊरुग्वेले राष्ट्राध्यक्ष सी चिनफिङले प्रस्तुत गर्नुभएका तीन प्रस्तावमा महत्व दिएको जानकारी दिँदै चीनसँग पारस्परिक रुपमा समझदारी र समानताका आधारमा विश्व शान्ति र समृद्धिलाई अगाडि बढाउने कुरा बताउनुभयो।