पहिलो त्रैमासिकमा चिनियाँ अर्थतन्त्रबाट जैविक शक्ति देखाइएको
2023-04-19 16:30:06CRI
Share with:

चिनियाँ विकास तथा सुधार समितिले १९ तारिख नियमित पत्रकार सम्मेलनको आयोजना गरेको छ। प्रवक्ता मङ वैले पहिलो त्रैमासिकमा चीनको आर्थिक विकास राम्रो भएबाट चिनियाँ अर्थतन्त्रको लचकता र जैविक शक्ति देखाइएको प्रकट गर्नुभएको छ। 

पहिलो त्रैमासिकमा चीनमा उत्पादित विद्युत २०.७ खर्ब किलोवाट घण्टा पुगेको छ र गत वर्षको सोहि अवधिको तुलनामा २.४ प्रतिशतले वृद्धि भएको छ। साथै विद्युतको प्रयोग पनि ३.६ प्रतिशतले बढेको छ। 

राष्ट्रिय विकास तथा सुधार समितिले ४२ लगानी परियोजना पारित गरेर जम्मा लगानी २ खर्ब ८० अर्ब ३० करोड युआन पुगेको छ। यी लगानी परियोजना मुख्यतः उच्च प्रविधि, ऊर्जा-स्रोत र जल-विद्युत लगायत क्षेत्रमा रहेका छन्। 

पहिलो त्रैमासिकमा चीन-यूरोप रेल ४,१८६ पटक सञ्चालन गरेर ४ लाख ५० हजार रेल डिब्बा सामान पठाएको छ। क्रमशः १५ र २८ प्रतिशतले वृद्धि भएका छन्।