चीनको रोजगारी अवस्था राम्रो प्रवृत्तितर्फ
2023-04-19 10:50:03cri
Share with:

अप्रिल १८ तारिख चीनको राज्य परिषद्ले पत्रकार सम्मेलनको आयोजना गर्दै पहिलो त्रैमासिकमा चीनको आर्थिक सञ्चालन अवस्थाबारे जानकारी दिएको छ।

चीनको राष्ट्रिय तथ्यांक व्यूरोका प्रवक्ता फु लिन ह्वैले यस वर्ष रोजगारीको अवस्थामा सुधार भएको जानकारी दिँदै बेरोजगारी दर मार्च महिनामा घटेको र कूल रोजगारी संख्या गत वर्षको सोही अवधिको तुलनामा वृद्धि भएको बताउनुभयो।

यसका साथै ग्रामीण क्षेत्रबाट आएका कामदार समूहको रोजगारी द्रूत गतिले सुधार भएको छ। मार्च महिनामा ग्रामीण श्रम शक्तिको बेरोजगारी दर ५.३ प्रतिशत भएर गत महिनाको तुलनामा ०.७ प्रतिशतले घटेको छ।

ग्रामीण कामदार समूहले काम गरेको निर्माण, खुद्रा व्यवसायको विकास राम्रो भएकोले ग्रामीण कामदार समूहको रोजगारीलाई प्रवर्द्धन गरिएको छ। आर्थिक पुनः उत्थानको साथमा श्रम शक्तिको आवश्यकता पनि विस्तृत भएर युवा समूहको बेरोजगारी दरमा सुधार हुनेछ।