नेपालमा चीनको जीडीआई परियोजना एक वर्ष पूरा
2023-04-19 16:52:37CRI
Share with:

चीनले ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई) अन्तर्गत नेपालमा सञ्चालन गरेको द स्माइलिङ चिल्ड्रेन स्कुल फिडिङपरियोजनाले एक वर्ष पूरा गरेको छ। परियोजनाबाट नेपालका ४७ विद्यालयका ९ हजार २ सय १६ बालबालिका लाभान्वित भइरहेको चिनियाँ राजदूत छन सोङले जानकारी दिनुभएको छ।

परियोजना एक वर्ष पूरा भएको अवसरमा मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र नेपालका लागि चिनियाँ राजदूत छनको उपस्थितिमा मंगलबार एक कार्यक्रमको योजना गरिएको कान्तिपुर अनलाइनले लेखेको छ।

राजदूत छनले उक्त कामको सुरुवात गर्न पाउँदा आफूलाई खुसी लागेको बताउनुभएको छ। उहाँले ट्वीट गर्दै यो परियोजनाका लागि लागि चाइना फाउन्डेसन फर रुलर डेभलपमेन्ट (सीएफआरडी)को प्रयास र समर्पणका लागि धन्यवाद पनि दिनुभएको छ। बालबालिकाको हँसिलो अनुहार सबैभन्दा सन्तुष्टि कुरा हो,’ छनले ट्वीटरमा व्यक्त गर्नुभएको छ।

संयुक्त राष्ट्रसंघीय महासभालाई सन् २०२१ सेप्टेम्बरमा सम्बोधन गर्ने क्रममा चीनका राष्ट्रपति सी चिनफिङले जीडीआईबारे पहिलो पटक प्रस्ताव गर्नुभएको थियो। जीडीआईलाई संयुक्त राष्ट्रसंघको सन् २०३० को दीर्घकालीन विकास लक्ष्य हासिल गर्न परिपूरक भूमिका खेल्ने गरी अघि बढाइएको हो।

चीनले संयुक्त राष्ट्रसंघको सहकार्यमा यसलाई कार्यान्वयनमा लगेको छ। नेपालले जीडीआईअन्तर्गत खाद्य सुरक्षा र गरिबी निवारणसम्बन्धी दुई परियोजना पाएको छ। खाद्य सुरक्षाअन्तर्गत नेपाल स्माइलिङपरियोजना छ। यसका लागि चिनियाँ गैरसरकारी संस्था चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्टले खाद्यान्नको व्यवस्था मिलाउँछ। चीनका दुई सरकारी निकाय चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी र चिनियाँ वाणिज्य मन्त्रालय उक्त परियोजना कार्यान्वयन गर्ने मुख्य निकाय हुन्। गरिबी निवारणसम्बन्धी परियोजना दुर्गम भेगका विद्यालय र समुदायमा महामारी रोकथाम तथा पुनःस्थापनामा केन्द्रित छ।