अमेरिकामा बाल श्रमिक समस्या बढ्दै, ह्वाइट हाउस बुझपचाउँदै
2023-04-20 10:27:09CRI
Share with:

अमेरिकी कानूनअनुसार, १४ वर्षभन्दा कम उमेरका बालबालिकालाई श्रम गर्न निषेध छ भने १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई खतरापूर्ण कार्य गर्न बन्देज छ। तर वास्तवमा अमेरिकामा बाल श्रमिकको अवस्था ज्यादै गम्भीर रहेको छ। न्यूयोर्क टाइम्सको १७ तारिख प्रकाशित जानकारीअनुसार अमेरिकामा आप्रवासी बाल श्रमिक समस्या विष्फोटक रुपमा बढेको देखिएको छ। 

विगत २ वर्षमा २ लाख ५० हजार आप्रवासी बालबालिका अमेरिका पुगेको उक्त जानकारीमा उल्लेख छ। त्यसमध्ये हजारौं हजार आप्रवासी  बालबालिकाहरू अमेरिकाका विभिन्न क्षेत्रमा जोखिमयुक्त काम गरिरहेका छन्। यसै फेब्रुअरीमा न्यूयोर्क टाइम्सले अध्ययन प्रतिवेदन प्रकाशित गरेर उक्त अवस्थाबारे जानकारी दिएको थियो। त्यसपछि ह्वाइटहाउसले बालबालिकालाई रोजगारी दिने कम्पनीमाथि कार्वाही गर्ने घोषणा गरेको थियो। तर २ महिनापछि आप्रवासी बाल श्रमिक प्रयोग अवस्थामा कुनै सुधार छैन। 

न्यूयोर्क टाइम्सकी पत्रकार हान्ना ड्रेयरले आफूलाई थाहा भएअनुसार यो ह्वाइट हाउसले व्यक्तिगत रूपमा थाहा पाउन नचाहेको हुनसक्ने देखिन्छ। 

“यो समाचार होइन। बाल श्रमिक समस्या अमेरिकामा सधैं नै फैलिएको छ। अमेरिकामा दासता अन्त्य भएन, मास्क लगाइएको मात्रै हो, इन्टर्नेटमा यस्तो टिप्पणी लेखिएको छ। 

अमेरिकी श्रम मन्त्रालयबाट फेब्रुअरीमा प्रकाशित प्रतिवेदन अनुसार, सन् २०१८ देखि अमेरिकामा अवैध बाल श्रमिकको संख्या ६९ प्रतिशतले बढेको छ। सन् २०२२ मा लाखौं लाख बालबालिका कृषि, खाना सेवा, खुद्रा बिक्री, मनोरञ्जन र निर्माण व्यवसायमा काम गरेका छन्। हालसम्म अमेरिका संयुक्त राष्ट्र संघका १९३ सदस्य मुलुकहरूमध्ये “बाल अधिकार सन्धि” पारित नगर्ने एउटा मात्रै मुलुक हो।