सी चिनफिङद्वारा डियाज-क्यानेललाई क्युबाको राष्ट्रपतिमा पुन: निर्वाचित भएकोमा बधाई सन्देश
2023-04-20 18:55:57CRI
Share with:

अप्रिल २० तारिख चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव तथा राष्ट्राध्यक्ष सी चिन फिङले क्युबाली कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका प्रथम सचिव डियाज-क्यानेललाई राष्ट्रपतिमा पुन: निर्वाचित भएकोमा बधाई सन्देश पठाउनुभएको छ।

राष्ट्राध्यक्ष सीका अनुसार चीन-क्युबा सम्बन्धले उच्च स्तरीय सञ्चालन कायम राख्दै नयाँ प्रगति गरिरहेको छ। गत वर्षको नोभेम्बरमा राष्ट्रपति डियाज-क्यानेलको चीन भ्रमण पूर्ण रूपमा सफल रह्यो। राष्ट्राध्यक्ष सीले चीन र क्युबाबीचको सम्बन्धको विकासलाई निकै जोड दिँदै अध्यक्ष डियाज-क्यानेलसँग घनिष्ठ सम्पर्क कायम राखेर दुई पार्टी र देशहरूबीचको सम्बन्धको राजनीतिक नेतृत्वको सुदृढिकरणले निरन्तरता पाउने आशा गर्नुभएको छ।