चीनको युननान विश्वविद्यालयको स्थापना भएको शतवार्षिकीमा चीनका राष्ट्राध्यक्ष सीको बधाई चिठ्ठी
2023-04-20 15:04:46cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अप्रिल २० तारिख युननान विश्वविद्यालय स्थापनाको एक सयौँ वार्षिकोत्सवका उपलक्ष्यमा बधाई चिठ्ठी पठाउनुभएको छ। शत वार्षिकोत्सवको उपलक्ष्यमा उहाँले सम्पूर्ण शिक्षक शिक्षिका र विद्यार्थीलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

१ सय वर्षयता युननान विश्वविद्यालयले दक्षिण पश्चिमी चीनको बहुजातीय क्षेत्रमा धेरै उत्कृष्ट दक्ष व्यक्ति हुर्काएर चीनका विभिन्न जातिको एकरूपतालाई अघि बढाएको र क्षेत्रीय आर्थिक सामाजिक विकासमा सक्रिय योगदान गरेको राष्ट्राध्यक्ष सीले औँल्याउनुभयो।

युननान विश्वविद्यालय सन् १९२२ मा स्थापना भई सन् १९२३ देखि औपचारिक रूपमा सञ्चालनमा आएको थियो। यो चीनको दक्षिण पश्चिमी सिमावर्ती क्षेत्रको सबैभन्दा पहिले स्थापित मैत्री विश्वविद्यालयमध्येको एक हो। सय वर्षदेखि युननान विश्वविद्यालयले लगातार ३ लाखभन्दा बढी विभिन्न क्षेत्रका दक्ष जनशक्ति उत्पादन गरेको छ।