फङ लीयुआन र ग्याबोनका राष्ट्रपतिकी श्रीमतीबीच भेटघाट
2023-04-20 14:58:09cri
Share with:

अप्रिल १९ तारिख अपरान्ह चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङकी श्रीमती फङ् लीयुआनले पैचिङमा ग्याबोनका राष्ट्रपतिकी श्रीमती सिल्भियासँग भेटघाट गर्नुभएको छ। श्रीमती सिल्भिया ग्याबोनका राष्ट्रपति अली बोन्गोको साथमा चीनको राजकीय भ्रमणमा हुनुहुन्छ।  

फङ लीयुआनले चीनले एड्स, क्षयरोगको रोकथाम तथा नियन्त्रण र कोरोना भाइरस महामारी विरुद्ध चीनले प्राप्त गरेको उपलब्धिबारे जानकारी दिनुभयो। उहाँले चीनले ग्याबोनसँग आदान-प्रदान गर्ने, अनुभव बाँड्ने, सहकार्य बढाउने, दुई मुलुकका जनतालाई लाभ दिने आशा लिएको कुरा बताउनुभयो।

यसका साथै फङ लीयुआनले चीन र ग्याबोनका नेताहरूको नेतृत्वमा दुई मुलुकको सहयोग निरन्तर रुपमा सबल हुने र मित्रता बलियो हुने विश्वास व्यक्त गर्नुभयो।

प्रत्युत्तरमा सिल्भियाले चीनले सार्वजनिक स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि हासिल गरेकोमा प्रशंसा गर्दै ग्याबोनले चीनको सफल अनुभव सिक्ने, चीनसँग आदान-प्रदान र सहयोग गर्ने आशा लिएको कुरा बताउनुभयो।