विदेशी व्यापारीले किन चीनसँग राम्रो व्यवहार गरे? यस उपभोग्य मेलाले दिएको छ उत्तर
2023-04-20 08:39:51cri
Share with:

“मलाई चीन निकै मन पर्छ। किनकि यहाँ विकासको ठूलो निहित शक्ति रहेको छ।”अप्रिल १० देखि १५ तारिखसम्म आयोजना गरिएको तेस्रो चाइना अन्तर्राष्ट्रिय उपभोग्य वस्तु मेलामा इटलीको एउटा श्रृंगार वस्तु मार्काका जिम्मेवार व्यक्ति गाइडो एम.ओग्नीबेनीले सीएमजीका सम्वाददातालाई अन्तर्वार्ता दिँदै उक्त कुरा बताउनुभएको हो।

यस पालिको उपभोग्य वस्तु मेला चीनले महामारी प्रतिरोधात्मक कार्य स्थिर भएपछि आयोजना गरेको पहिलो विशाल अन्तर्राष्ट्रिय मेला भएकाले विश्वका ६० भन्दा बढी मुलुक र क्षेत्रका ४ हजारभन्दा बढी उपभोग्य वस्तुहरू सो मेलामा प्रदर्शन गरिएको छ।

हाल चीन विश्वको दोस्रो ठूलो मालसामान उपभोग्य बजार र नेटवर्कको पहिलो ठूलो खुद्रा बिक्री बजार हो। उपभोग्य खर्चले कुल राष्ट्रिय उत्पादन मात्रामा लिएको अनुपात लगातर १२ वर्षदेखि ५० प्रतिशतभन्दा बढी रहेको छ। गत वर्ष चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको आर्थिक कार्य बैठकले भित्री मागलाई विस्तार गर्दै उपभोग्यको पुनरुत्थान तथा विस्तारलाई प्रथम स्थानमा राख्न आहग्र गरेको थियो। यस वर्षको पहिलो त्रैमासिक अवधिमा चीनको उपभोग्य बजार लगातार पुनरुत्थान भएको देखिन्छ। गत मार्चमा खुद्रा व्यापार सूचकाङ्क ५०.६ प्रतिशत पुगेको छ र गत फेब्रअरीभन्दा ०.३ प्रतिशतले बढेको छ। जसले विभिन्न देशका व्यवसायीहरुलाई चिनियाँ ठूलो बजारमा प्रवेश गर्न अझ बढी अवसर सिर्जना गरेको छ।

बितेका केही वर्षयता चिनियाँहरूको उपभोग्य स्तर उठ्दै आएको प्रवृत्ति एकदमै स्पष्ट बन्नुका साथै “उपभोग्य सिर्जनशीलता”भन्ने शब्द पनि यस पालिको उपभोग्य वस्तु मेलाको सबैभन्दा ध्यानाकर्षणको विषय बनेको देखिन्छ। धेरै विदेशी व्यवसायका लागि यो मेला प्रदर्शन मञ्च मात्र नभई भविष्य सिर्जना गर्ने एक अवसर पनि हो। सन् २०११ मा पहिलो उपभोग्य बस्तु मेला आयोजना भएदेखि झन् झन् बढी अन्तर्राष्ट्रिय उपभोग्य बस्तु व्यवसाय हाइनानमा भित्र्याइएका छन् भने हाइनान अन्तर्राष्ट्रिय पर्यटनले उपभोग्य केन्द्रको निर्माणमा भाग लिएको छ। यी व्यवसायीहरुको आँखामा चीनको खुला तथा समेटिएको श्रेष्ठ व्यापार वातावरण, क्षेत्रीय चौतर्फी साझेदारी सम्बन्ध सम्झौता लगायत विविध खुला कदमहरुले अवसरहरु सिर्जना गर्दछन्।

चालु वर्ष चीनले लगातार रूपमा उच्चस्तरीय वैदेशिक खुलापनलाई अघि बढाउँदै जाने छ। चीनले वास्तविक गतिबिधिमार्फत आफ्नो वचनबद्धतालाई व्यवहारमा उतार्दै जाने छ। अनिश्चित विश्वमा चीनको निश्चितता नै विश्व शान्ति र विकासको संरक्षण गर्ने मुख्य स्तम्भ रहेको छ।