चिनियाँ भाषाद्वारा बहुपक्षीय विकासको प्रवर्द्धनमा सकारात्मक योगदान
2023-04-20 18:13:32CRI
Share with:

आज, अप्रिल २० तारिख १४औँ संयुक्त राष्ट्रसङ्घको चिनियाँ भाषा दिवस मनाइँदै छ।

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले २० तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा जनाउनुभए अनुसार संयुक्त राष्ट्र सङ्घका छ वटा आधिकारिक भाषाहरूमध्ये चिनियाँ भाषा सबैभन्दा बढी प्रयोग हुने भाषाहरूमध्येको एक हो।

चिनियाँ भाषाले सँयुक्त राष्ट्र संघको आवाज र प्रस्तावहरूलाई सक्रियतापूर्वक सुनाएको छ र संयुक्त राष्ट्र संघको प्रभावकारी सञ्चालन, विश्वभरका देशहरूबीच सञ्चार र आदानप्रदान र बहुपक्षीयताको प्रवर्द्धनमा सकारात्मक योगदान दिएको छ।

हालसम्म विश्वभरका १८० भन्दा बढी देश र क्षेत्रहरूले चिनियाँ भाषा शिक्षण सञ्चालन गरिसकेका छन् र ८२ देशहरूले आफ्नो राष्ट्रिय शिक्षा प्रणालीमा चिनियाँ भाषालाई समावेश गरेका छन्। हाल विदेशमा रहेका ३ करोडभन्दा बढी मानिसहरूले चिनियाँ भाषा सिक्दैछन्। चिनियाँ सिक्नेहरु र प्रयोग गर्नेहरुको सँख्या करिब २०० मिलियन छन्।