चिनियाँ राजदूत छन र राप्रपा अध्यक्ष लिङ्देन बीच भेटवार्ता
2023-04-21 16:50:00CRI
Share with:

नेपालका लागि चिनियाँ राजदूत छन सोङ्ले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेट गर्नुभएको छ। राजदूत छनले अध्यक्ष लिङ्देनलाई भेट्न शुक्रबार पार्टी कार्यालय धुम्बाराही जानुभएको थियो।

उक्त अवसरमा दुई पार्टी (राप्रपा र चिनियाँ कम्युनिस्ट पार्टी) र दुई मुलुकबीचको सहकार्य र सम्बन्धका विषयमा छलफल भएको चिनियाँ दूतावासले जनाएको कान्तिपुर अनलाइनले लेखेको छ।