अस्ट्रेलियाका विद्वानको आँखामा हालको चीन ज्यादै आत्मविश्वासी
2023-04-21 09:12:23cri
Share with:

गत शताब्दीको साठीको दशकमा अस्ट्रेलियाका विद्वान कोलिन माक्केरास शिक्षकको रुपमा पहिलो पटक चीन आउनुभएको थियो। करीब ६० वर्षमा उहाँले धेरै पटक चीनको भ्रमण गर्नुभएको छ। उहाँले विश्वलाई खास गरी पश्चिमा मुलुकलाई साँच्चो चीनबारे जानकारी दिनुभएको छ। सन् २०१४ मा उहाँले चीन सरकारको मित्रता पुरस्कार पनि जित्नुभएको थियो।

हाल कोलिन ८४ वर्षको हुनुभयो। चीनको संस्कृति र उहाँले साक्षी गर्नुभएको नयाँ चीनको विकास प्रक्रियाबारे चर्चा गर्दा उहाँले धेरै कुरा भन्नुभएको छ। उहाँले चाइना मिडिया ग्रुपका पत्रकारसँगको कुराकानीमा हालैका वर्षहरूमा चीनले प्राप्त गरेको ठूलो उपलब्धिको सकारात्मक रुपमा मूल्यांकन गर्नुभयो। चीनको भावी विकासप्रति उहाँको विश्वास र अपेक्षा छ।

गत शताब्दीको पचास र साठीको दशकमा अस्ट्रेलिया सरकारले एशियाली अध्ययन छात्रवृत्ति उपलब्ध गराएको थियो। यो छात्रवृत्ति एशियाका अध्ययनरत् युवा विद्वानलाई सहायतास्वरूप दिइएको हो। कोलिनकी आमाले पत्रिकाबाट यो सूचना पाउनुभएपछि कोलिनलाई चिनियाँ भाषा सिक्न प्रोत्साहन गर्नुभएको थियो। अस्ट्रेलियाको मेलबोर्न विश्वविद्यालयबाट स्नातक भएपछि कोलिन बेलायतको क्याम्ब्रिज विश्वविद्यालयमा भर्ना हुनुभएको थियो। चिनियाँ संस्कृतिबारे अध्ययन गर्ने क्रममा कोलिन चिनियाँ संस्कृतिप्रति विशेष आकर्षित हुनुभएको थियो।  

सन् १९६४ मा स्नातक भएपछि कोलिनले चीन जाने निर्णय गर्नुभएको थियो। त्यसैले उहाँ आफ्नो श्रीमतीसँग शिक्षक र शिक्षिकाको रुपमा चीन आउनुभएको थियो। कोलिनले चीनको भ्रमण गर्नुभएपछि चीनलाई माया गर्न थाल्नुभयो। कोलिन भन्नुहुन्छ “म र मेरी श्रीमती चीन आएपछि हामीले चिनियाँहरू अरू मुलुकका मानिससित समान पाएका थियौँ। चिनियाँहरूको आफ्नो इच्छा छ र आफ्नो सपना छ। त्यस कालदेखि मैले पश्चिमी सञ्चार-माध्यमबाट पाएको सूचना साँच्चो नभएको भन्ने कुरामा विश्वास गरेको थिएँ। चिनियाँले मसँग आफ्नो विचार प्रकट गर्दा मेरो विचार यो साँच्चै छ। मैले चीनलाई मन पराउन थालेको थिएँ। मैले चिनियाँसँग मित्रवत् सम्बन्ध गाँस्ने, चिनियाँहरूको जीवन शैलीबारे जानकारी लिने आशा लिएको थिएँ। म चिनियाँलाई मन पराउँछु। यो मैले चीनलाई माया गरेको अर्थ हो।”

हालैका वर्षहरूमा कोलिन चीनमा भएको ठूलो विकासको साक्षी बन्नुभएको छ। शहरको मुहार, आर्थिक उदय, आबास वातावरणको सुधारबाहेक, कोलिनले चिनियाँहरूको विचारमा भएको स्पष्ट परिवर्तनको अनुभव गर्नुभयो। कोलिन भन्नुहुन्छ “मानिसको विचार तरीकामा ठूलो परिवर्तन भयो। तर मुलुकप्रति चिनियाँहरूको मायामा कुनै पनि परिवर्तन भएको छैन। उनीहरूले आफ्नो जीवन, आफ्नो काम, समाजप्रति आफ्नो योगदानमाथि ध्यान दिएका छन्। साथै चिनियाहरू पहिलेको तुलनामा विश्वमा संलग्न भएका छन्। हाल धेरै चिनियाँहरू घुम्न विदेश गएका छन्। मेरो विचारमा विदेश घुम्न जानु राम्रो विचार हो। चिनियाँहरू विश्व हेरेपछि चीन फर्कने आशा लिएका छन्।”