सन् २०२३ राष्ट्र संघीय चिनियाँ भाषा दिवस एवम् चाइना मिडिया ग्रुपको तेस्रो भिडियो महोत्सव आयोजित
2023-04-21 15:13:32CRI
Share with:

 सन् २०२३ राष्ट्र संघीय चिनियाँ भाषा दिवस एवम् चाइना मिडिया ग्रुपको तेस्रो भिडियो महोत्सव २० तारिख जेनेभास्थित राष्ट्र संघीय कार्यालयमा सफलताका साथ आयोजना गरिएको छ। सोहि दिन चाइना मिडिया ग्रुपबाट बनाइएको राष्ट्र संघीय चिनियाँ भाषा दिवससम्बन्धी विशेष कार्यक्रम संयुक्त राष्ट्र संघको डिजिटल मिडिया मञ्चमा पनि प्रसारण गरिएको छ। साथै, उक्त कार्यक्रम कार्यालयमा दुई हप्तासम्म प्रदर्शन गर्ने छ।

चालू वर्ष चीनका राष्ट्राध्यक्ष सी चिनफिङले “बेल्ट एण्ड रोड” प्रस्ताव प्रस्तुत गर्नुभएको दशौँ वार्षिकोत्सव हो।  सन् २०२३ राष्ट्र संघीय चिनियाँ भाषा दिवस एवम् चाइना मिडिया ग्रुपको तेस्रो भिडियो महोत्सवले “जर्नी” लाई विषयक बनाएर विश्वव्यापी रूपमा श्रेष्ठ भिडियो संकलन गरेको थियो। सो क्रममा बेलायत, फ्रान्स, जर्मनी, इटाली, रूसलगायत ३७ देश तथा क्षेत्रबाट ९३९ भिडियो संकलन गरेको थियो। 

 

राष्ट्र संघीय चिनियाँ भाषा दिवस प्रत्येक वर्ष चिनियाँ सौर्य अवधि “कु यू” को दिनमा आयोजना गरिन्छ। चाइना मिडिया ग्रुपले तीन वर्षमा राष्ट्र संघीय जेनेभा कार्यालय, जेनेभा कार्यालय तथा स्वीजर्ल्याण्डका अरू अन्तर्राष्ट्रिय संगठनका लागि चिनियाँ प्रतिनिधि मण्डलसँग राष्ट्र संघीय चिनियाँ भाषा दिवस एवम् चाइना मिडिया ग्रुपको भिडियो महोत्सव कार्यक्रमको आयोजना गरेको छ। करिब २२० वटा पश्चिमा सञ्चार माध्यमले चालू वर्ष यो कार्यक्रमको सम्बन्धमा जानकारी दिएका छन्।