शाङहाई गाडी प्रदर्शनीः नयाँ ऊर्जा गाडीको अनुपात आधा पुगेको
2023-04-21 15:23:55CRI
Share with:

हाल जारी सन् २०२३ शाङहाई गाडी प्रदर्शनीमा १५०० भन्दा बढी नयाँ गाडीहरू प्रदर्शनमा राखिएका छन्। यी मध्ये नयाँ र्जा गाडीको अनुपात पचास प्रतिशतभन्दा बढी छ भने परम्परागत गाडी व्यवसायले प्रदर्शनीमा सार्वजनिक गरेका नयाँ उत्पादन सबै नयाँ र्जा गाडी रहेका छन्।

सन् २०२२ चीनको नयाँ र्जा गाडीको उत्पादन र बिक्री मात्रा लगातार ८ वर्षदेखि विश्वको पहिलो स्थानमा छ। तथ्यांकको वृद्धि मात्र नभई नयाँ र्जा गाडीको गुणस्तर पनि स्थिर रूपमा उकासिएको छ।

हाल चीन विश्वको सबैभन्दा ठूलो नयाँ र्जा गाडीको बजार बनेको छ। धेरै भन्दा धेरै उपभोक्ताले पेट्रोल गाडीको तुलनामा नयाँ र्जा गाडीलाई अझै मन पराएका छन्। यस शाङहाई गाडी प्रदर्शनीमा चिनियाँ ब्रान्डको गाडी व्यवसाय नयाँ र्जा गाडी क्षेत्रको अग्रणी स्थानमा रहेका छन् भने विभिन्न गाडी व्यवसायीहरू उच्च गुणस्तरीय विकासतर्फ बढेको देखिन्छ।