तेह्रौँ पैचिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु
2023-04-22 16:26:35CRI
Share with:


अप्रिल २२ तारिखदेखि राष्ट्रिय चलचित्र ब्यूरोद्वारा योजना गरिएको तथा सीएमजी र पैचिङ जन-सरकारद्वारा प्रायोजित १३औँ पैचिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव पैचिङमा सुरु भएको छ।

 

चिनियाँ केन्द्रीय प्रचार विभागका उपमन्त्री एवम् सीएमजीका निर्देशक तथा तेह्रौँ पैचिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आयोजक समितिका अध्यक्ष शन हाइ स्योङले उद्घाटन समारोहमा मन्तव्य राख्नुहुँदै चलचित्र महोत्सवको उद्घाटनको घोषणा गर्नुभएको थियो। शनले आफ्नो सम्बोधनमा यस वर्षको चलचित्र महोत्सवको विषयवस्तु "फिल्महरूको साझेदारी · सभ्यताहरू बीच आपसी शिक्षा" रहेको बताउनुहुँदै यस वर्षको मार्चमा राष्ट्राध्यक्ष सी चिनफिङले पहिलो पटक प्रस्ताव गर्नुभएको वैश्विक सभ्यता पहलप्रतिको सकारात्मक प्रतिक्रिया रहेको भन्नुभयो। उहाँले पैचिङ फिल्म फेस्टिभलको एक अद्वितीय र असाधारण शैली छ र यसले विश्वलाई चिनियाँ कथाहरू सुनाउन तथा पैचिङ राजधानीको सांस्कृतिक निर्माणलाई प्रवर्द्धन गर्न अद्वितीय भूमिका खेलेको पनि बताउनुभयो।

 

यस वर्षको चलचित्र महोत्सवको मुख्य प्रतिस्पर्धा इकाई, "थेनथान अवार्ड" ले ९३ देश र क्षेत्रहरूबाट कुल १,४८८ आवेदनहरू प्राप्त गरेको थियो र यो संख्या नयाँ उचाइमा पुगेको छ, यसमध्ये ८०% भन्दा बढी विदेशी चलचित्रहरू छन्।