किन "चीन जाने" अधिक विदेशी कम्पनीहरुको सहमति
2023-04-22 16:46:41CRI
Share with:

चीनको वाणिज्य मन्त्रालयले भर्खरै सार्वजनिक गरेको तथ्याङ्कअनुसार पहिलो त्रैमासिकमा विदेशी पुँजीको वास्तविक प्रयोग ४ खर्ब ८ अर्ब ४५ करोड चिनियाँ युआन रहेको छ, जुन गत वर्षको तुलनामा ४.९ प्रतिशतले बढेको छ। ती मध्ये दश हजार भन्दा बढी नयाँ विदेशी-लगानी उद्यमहरू स्थापना भएका छन्, जुन गत वर्षको तुलनामा २५.५ प्रतिशतले बढेको छ।

 

यस वर्षको सुरुदेखि विदेशी कम्पनीका अधिकारीहरूको चीन भ्रमणको लहर सुरु भएको देखिन्छ। केही दिनअघि जर्मन फक्सवागन समूहले चीनमा नयाँ लगानी योजनाको घोषणा गर्‍यो - लगभग १ अर्ब यूरो लगानीमा आन्हुई प्रान्तको हेफेईमा इलेक्ट्रिक वाहन अनुसन्धान र विकास केन्द्र स्थापना गर्ने छ। फक्सवागन समूहका अध्यक्ष ओलिभर ब्लुमले यस वर्षको सुरुमा चीनको भ्रमणपछि चिनियाँ उपभोक्तासँग नजिक हुने बाटो फेला पारेको बताउनुभयो।

 

पहिलो त्रैमासिकमा, चीनको उच्च प्रविधि उद्योगहरूमा विदेशी पुँजीको वास्तविक उपयोग १ खर्ब ५६ अर्ब ७१ करोड चिनियाँ युआन पुगेको छ, जुन गत वर्षको तुलनामा १८ प्रतिशतले बढेको छ। यसले उच्च गुणस्तरको विदेशी लगानी आकर्षित गर्न चीनको नयाँ लाभहरू प्रतिबिम्बित गर्दछ। चीनमा विदेशी लगानीलाई उच्च प्रविधि र उच्च मूल्यमा रूपान्तरण गर्दै चीनले उच्च गुणस्तरको विकासका अवसरहरूलाई अझ राम्रोसँग साझेदारी गर्नेछ।

 

विदेशी पुँजीका लागि चीन विश्वको दोस्रो ठूलो उपभोक्ता बजार र सबैभन्दा ठूलो अनलाइन खुद्रा बजारको रूपमा, निस्सन्देह "ठूलो केक" हो। खुला चीन संसारसँग "केक" साझा गर्न र यसलाई ठूलो बनाउन इच्छुक छ।