सीपीसी बीसौँ केन्द्रिय समितिमातहत व्यापक तथा गहन सुधार समितिको पहिलो सम्मेलनलाई सी चिनफिङद्वारा महत्वपूर्ण सम्बोधन
2023-04-22 18:47:16CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, राष्ट्राध्यक्ष, केन्द्रिय सैन्य आयोगका अध्यक्ष, सीपीसी बीसौँ केन्द्रिय समितिमातहत व्यापक तथा गहन सुधार समितिका प्रमुख सी चिनफिङले अप्रिल २१ तारिख सीपीसी बीसौँ केन्द्रिय समितिमातहत व्यापक तथा गहन सुधार समितिको पहिलो सम्मेलनलाई अध्यक्षता गर्नुका साथै महत्वपूर्ण सम्बोध्न गर्नुभएको छ।

 

सी चिनफिङले यस वर्ष सीपीसी बीसौँ राष्ट्रिय अधिवेशन सभाको भावनाको व्यापक रूपमा पालना गर्ने सुरूवात बिन्दु भएको र सुधार तथा खुलापन नीति संचालन भएको ४५औँ वार्षिकोत्सव र सीपीसी अठारौँ केन्द्रिय समितिको तेस्रो पूर्ण बैठक आयोजना भएको दशौँ वार्षिकोत्सव भएको बताउनुभयो।

 

नयाँ युगमा नयाँ यात्राको लक्ष्यलाई पूरा गर्न व्यापक तथा गहन सुधार गर्नुलाई चिनियाँ शैलीको आधुनिकीकरण सफल पार्ने मूल शक्तिको रूपमा राखेर नयाँ यात्रामा सुधार तथा खुलापनको नयाँ पृष्ठ लेख्नुपर्ने पनि सी चिनफिङले दोहोर्याउनुभयो।