छैठौँ चिनियाँ आयात एक्स्पोको प्रचार कार्यक्रम फ्रान्सको पेरिसमा आयोजित
2023-04-23 15:12:36cri
Share with:

अप्रिल २१ तारिख छैठौँ चिनियाँ आयात एक्स्पोको प्रचार कार्यक्रम फ्रान्सको पेरिसमा आयोजना भएको छ। चीनको अन्तर्राष्ट्रिय आयात एक्स्पो व्यूरो र फ्रान्सका लागि चिनियाँ राजदूताबासले संयुक्त रूपमा सो कार्यक्रमको आयोजना गरेको हो। चीन र फ्रान्सका विभिन्न क्षेत्रका २००भन्दा बढी अतिथिहरूले सो कार्यक्रममा भाग लिएका छन्।

चीनको वाणिज्य मन्त्री वाङ वन थाउले उद्धाटन समारोहमा सम्बोधन गर्दै आयात एक्स्पोको लगातार ५ वर्षको सफल आयोजनाले अन्तर्राष्ट्रिय वस्तुको खरिद, लगानीको प्रबर्द्धन, मानव र सांस्कृतिक आदानप्रदान, र सहयोगलाई विस्तृत पार्ने यी चार पक्षीय भूमिकाको निर्वाह गरेर एक्स्पोको अन्तर्राष्ट्रिय प्रभाव निरन्तर उकासिएको व्यक्त गर्नुभएको छ।

अघिल्ला ५ पटकको आयात एक्स्पोमा औसत रूपमा हरेक पटक ८० भन्दा बढी फ्रान्सेली व्यवसायीले भाग लिँदै भएको कारोबारको कूल रकम १५ अर्ब १० करोड अमेरिकी डलर पुगेको जनाइएको छ। यस पटकको प्रचार कार्यक्रममा धेरै फ्रान्सेली व्यवसायीले प्रत्यक्ष रूपमा छैठौँ एक्स्पोमा भाग लिने सम्झतामा हस्ताक्षर गरेका छन्।