चीनका राष्ट्राध्यक्ष सी चिनफिङबाट चौथो राष्ट्र संघीय विश्व डेटा मञ्चलाई बधाइ सन्देश
2023-04-24 16:58:33CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले २४ तारिख चौथो राष्ट्र संघीय विश्व डेटा मञ्चलाई बधाइ सन्देश पठाउनुभएको छ।

उहाँका अनुसार, दिगो विकास मानव समाजको समृद्धि तथा प्रगतिका लागि आवश्यक छनौट हो। विश्वको बलियो, हरित र स्वस्थ विकास विभिन्न देशका जनताको साझा आशा हो। चीन राष्ट्र संघीय सन् २०३० दिगो विकास  एजन्डाको समर्थक तथा पक्षराष्ट्र हो। चीनले नयाँ सिर्जना, समन्वय, हरित, खुलापन र साझा बाँडचुँड भन्ने नयाँ विकास धारणा लिएर डिजिटल आधारभूत प्रबन्धको निर्माणलाई क्रमशः सुधार गरेको छ।

साथै चीनले पूरा डिजिटल आधारभूत परिपाटी प्रणालीको स्थापना, डेटा र तथ्याङ्क क्षमताको निर्माण गरी चिनियाँ व्यवहार तथा अनुभवको सक्रिय रूपमा बाँडचुँड गरेको पनि राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभएको छ।  चीनले विभिन्न देशहरूसँग विश्व विकास प्रस्तावको प्रारूपमा अन्तर्राष्ट्रिय डेटा सहयोगलाई गहन पारेर साझा विकास तथा प्रगतिलाई अघि बढाउने इच्छा राखेको छ।

२४ तारिखदेखि चौथो राष्ट्र संघीय विश्व डेटा मञ्च चिनियाँ चच्याङ प्रान्तीय हाङ् चौ शहरमा सुरू भएको छ। यो मञ्च संयुक्त राष्ट्र संघले आयोजना गरेको हो भने चिनियाँ राष्ट्रिय तथ्याङ्क व्यूरो तथा चच्याङ प्रान्तीय सरकारबाट संयोजन गरिएको हो।