विदेशी विद्यार्थीहरुद्वारा “बेल्ट एण्ड रोड” साङ्गीतिक समूह गठन-२
2023-04-24 11:17:26cri
Share with:

साङ्गीतिक समूहका सदस्यहरुले “बेल्ट एण्ड रोड” परियोजनाबारे धेरै जानकारी लिएका छन्। जाम्बियाको बैस गितारिस्ट आबेल यसरी भन्छन्,

जाम्बिया सहभागी “बेल्ट एण्ड रोड” परियोजनाबारे मलाई थाहा छ। तीमध्ये केनेथ काउन्दा अन्तर्राष्ट्रिय विमानस्थल एउटा हो। यो परियोजना हाम्रो देशको आर्थिक विकासका लागि उपयोगी हुनेछ।

 

टान्जानियाबाट आएका मुख्य गायक डानिल यसरी भन्छन्,

हाम्रो देशमा “बेल्ट एण्ड रोड” सम्बन्धी केही परियोजनाहरु छन्। जुन टान्जानियाको आर्थिक विकासका लागि मात्र होइन, छिमेकी मुलुकहरुका लागि पनि फाइदाजनक हुने मैले ठहर गरेको छु।

 

अहिलेसम्म ५२ अफ्रिकी मुलुक तथा अफ्रिकी संघले चीनसँग “बेल्ट एण्ड रोड” सम्बन्धी सहयोगात्मक सम्झौतामा हस्ताक्षर गरिसकेका छन्। चीन र अफ्रिका बीचको घनिष्ठ सहयोग भएको आधारमा “बेल्ट एण्ड रोड” बाट अफ्रिकाको भौतिक पूर्वाधारको निर्माण तीव्र गतिले हुँदै आएको छ। धेरै अफ्रिकी युवायुवतीहरु यी परियोजनाहरुबारे जानकारी लिएपछि सम्बन्धित विषय पढ्न चीन आएका छन्। “बेल्ट एण्ड रोड” साङ्गीतिक समूहकी सदस्य, जिम्बाब्वेकी ओली यी मध्येकी एक हुन्।

मैले जिम्बाब्वेमा चिनियाँहरुलाई भेटेको थिएँ। तिनीहरुले जिम्बाब्वेमा इन्जिनियरिङको काम गरेका थिए। तिनीहरुले छोटो समयमा एउटा महत्त्वपूर्ण परियोजना पूरा गरेका थिए। सो कारण पनि मैले चीन जाने इच्छा गरेकी थिएँ। किनभने मैले चिनियाँहरुबाट सिक्नु पर्‍यो।

 

“बेल्ट एण्ड रोड”साङ्गीतिक समूहका ड्रमर, जिम्बाब्वेका निआशासँग ओलीको बराबर अनुभव रहेको छ। उनी भन्छन्,

भौतिक पूर्वाधारको निर्माण क्षेत्रमा चीनको श्रेष्ठता रहेको छ। जिम्बाब्वेमा चीनद्वारा निर्मित भवन मैले देखेँ, उदाहरणका लागि जिम्बाब्वेको राष्ट्रिय रंगशाला, त्यसको निर्माण गत शताब्दीको असीऔँ दशकमा चीनले गरेको हो। मेरो विचारमा चीन इन्जिनियरिङ पढ्ने एउटा राम्रो ठाउँ हो। म अहिले यही विषय पढिरहेको छु।

 

चीन आउनुअघि निआशाले केही अफ्रिकी युवायुवतीहरु जस्तै चीनको वर्तमान अवस्थाबारे कम जानकारी लिएका थिए। उनले हरेक चिनियाँलाई कुङ फु आउने सोचेका थिए।

मेरो विचारमा चीनको छिटो विकास भएको कुरा साँचो हो। मेरो विचारमा अर्को कुरा भनेको हरेक चिनियाँलाई कुङ फु आउँछ, तथापि वास्तवमा चिनियाँहरु हामी जस्तै सामान्य व्यक्ति हुन्।

 

“बेल्ट एण्ड रोड” साङ्गीतिक समूहका मुख्य गायक डानिलले चीनको अन्तरिक्ष प्रविधिको छिटो विकास भएको भन्दै स्नातक भएपछि चीनमा सिकेको अन्तरिक्ष ज्ञान टान्जानिया लगेर आफ्नो देशको निर्माणका लागि योगदान पुर्‍याउन सक्ने आशा गरेका छन्। उनले गीतबाट अफ्रिका र चीन बीचको मैत्रीपूर्ण आदान-प्रदानका लागि प्रयास गर्ने इच्छा गरेका छन्।

म जहाँ गए पनि मेरो साथमा चीन रहेको जस्तो मलाई लाग्छ, किनभने म चिनियाँ परिवारको एक सदस्य हुँ, मलाई त्यस्तो लाग्छ। टान्जानिया फर्किएपछि पनि धेरै चिनियाँहरुसँग भेट्ने छु। यदी मौका मिल्यो भने म निरन्तर रुपमा गीत पनि गाउने छु।