चीनद्वारा अन्तरिक्षको संयुक्त खोज तथा शान्तिपूर्ण प्रयोगको इच्छा
2023-04-24 19:27:53CRI
Share with:

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले २४ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा चीनले रूस तथा फ्रान्सलाई चन्द्रमाको नमूना प्रदान गर्ने विषयबारे जानकारी दिनुभएको छ। उहाँका अनुसार, चीनले विभिन्न देशहरूसँग अन्तरिक्षको संयुक्त खोज तथा शान्तिपूर्ण प्रयोगको इच्छा राखेको छ।

प्रवक्ता माउ निङका अनुसार अप्रिलमा फ्रान्सेली राष्ट्रपति म्याक्रोनले चीनको भ्रमण गर्दा विज्ञानका लागि चीनले फ्रान्सलाई १.५ ग्रामको चन्द्रमा नमूना लिएको थियो। गत वर्षको फेब्रुअरीमा रूसी राष्ट्रपति पुटिनले चीनको भ्रमण गर्दा चीनले रूसलाई १.५ ग्रामको चन्द्रमा नमूना लिएको थियो। र यसै मार्चमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले रूसको भ्रमणका बेला रूसले चीनलाई १.५ ग्रामको चन्द्रमा नमूना लिएको थियो। चीनले दिएको चन्द्रमा नमूना दुवै सन् २०२० डिसेम्बरमा चिनियाँ छाङ अ ५ नामक अन्तरिक्ष यानले चन्दामाबाट संकलन गरेको हो।

हालसम्म अस्ट्रेलिया, रूस, फ्रान्स, अमेरिका, बेलायत तथा स्वीजल्याण्डलगायत देशका वैज्ञानिकहरूले चिनियाँ चन्द्रमा नमूनाको अनुसन्धानमा भाग लिइसकेको पनि प्रवक्ता माउले जानकारी दिनुभयो।