चीनको भावी विकासबारे अस्ट्रेलियाका विद्वान विश्वस्त
2023-04-24 11:19:24cri
Share with:

अस्ट्रेलियाका विद्वान कोलिन माक्केरासले विगत ६० वर्षमा धेरै पटक चीनको भ्रमण गर्नुभएको छ। उहाँले विश्वमा खास गरी पश्चिमा मुलुकलाई साँच्चो चीनबारे जानकारी दिनुभएको छ। सन् २०१४ मा उहाँले चीन सरकारको मित्रता पुरस्कार पनि जित्नुभएको थियो। हाल कोलिन ८४ वर्षको हुनुभयो। उहाँ नयाँ चीनको विकास प्रक्रियाको साक्षी बन्नुभएको छ।

 

कोलिनकाअनुसार, चीनले प्राप्त गरेको ठूलो उपलब्धिमा चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वलाई अलग गर्न सकिन्न। चीन सरकारको शक्तिशाली व्यवस्थापन क्षमता छ। हालैका वर्षहरूमा चीनले बाह्य खुलापनलाई निरन्तर रुपमा विस्तार गरेको छ। “बेल्ट ए‍ण्ड रोड” प्रस्तावको कार्यान्वयनले धेरै मुलुक र क्षेत्रका लागि सकारात्मक परिवर्तन ल्याएको छ। कोलिन भन्नुहुन्छ “चीन ठूलो व्यापारिक मुलुक हो। चीनले विश्वसँग घनिष्ठ व्यापारिक सम्बन्धको स्थापना गरेको छ। चीन धेरै मुलुकहरूको सबैभन्दा ठूलो व्यापारिक साझेदार बनेको छ। विगत दश वर्षमा चीनको “बेल्ट एण्ड रोड” प्रस्तावले चीन र विश्वका धेरै मुलुकहरूका लागि ठूलो परिवर्तन ल्याएको छ। “बेल्ट एण्ड रोड” प्रस्ताव आधारभूत प्रबन्धको विकाससित सम्बन्धित छ। मेरो विचारमा चीनले अरू मुलुकहरूलाई मद्दत दिने राम्रो तरीका खोजेको छ।”

 

कोलिनको विचारमा हालैका वर्षहरूमा चीनले अन्तरिक्ष, दूर सञ्चार, द्रुत गतिको रेलआदि क्षेत्रहरूमा प्रगति र उपलब्धि हासिल गरेको छ। ती क्षेत्रहरूमा चीन विश्वको अग्रस्थानमा रहेको छ। केही पश्चिमा मुलुकहरूले तथाकथित “त्रास-धम्की”को अनुभव गरेका छन्। कोलिनका आँखामा केही पश्चिमा मुलुकहरूले चीनको द्रुत विकासको वास्तविकता स्वीकार गरेका छैनन्। त्यसैले ती मुलुकहरूले चीनको बदनाम गरिरहेका छन्।

 

चीनले पहिलेको गरिब मुलुकबाट विकास गरेर हाल विश्वको दोस्रो ठूलो आर्थिक समूह बनेको छ। चीनले विश्वको शासन प्रणालीमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। कोलिनको विचारमा चीनको शान्तिपूर्ण विकासले विश्वलाई तथाकथित “त्रास-धम्की” ल्याएको छैन। चीन विश्वको शान्ति बढाउने महत्वपूर्ण शक्ति हो।

 

कोलिनले धेरै पटक चीनको सिन्च्याङको पनि भ्रमण गर्नुभएको छ। उहाँको सिन्च्याङको पछिल्लो भ्रमण सन् २०१८ मा थियो। सिन्च्याङमा भएको ठूलो परिवर्तनले कोलिनको मनमा गहिरो छाप परेको छ। कोलिन भन्नुहुन्छ “हाल मलाई सबैभन्दा गहिरो छाप परेको भनेको आधुनिक सिन्च्याङ हो।   खा शिजस्ता शहरहरूको मुहार निकै आधुनिक भएका छन्। स्थानीय सर्वसाधारणको जीवन स्तर उच्च छ। हाल केही जनाले सांस्कृतिक नरसंहारबारे कुरा गरेका छन्। किन यसरी भनेको मलाई थाहा छैन। मैले परम्परागत संस्कृतिलाई हानी पुर्‍याउने कुनै अवस्था देखेको छैन। मैले चीनले परम्परागत संस्कृतिको निर्माण गर्न गरेको प्रयास देखेको छु।”

 

चीनको विकासको भविष्यबारे चर्चा गर्दै कोलिनले चीनको भविष्य उज्ज्वल हुने विश्वास गर्नुभयो। कोलिन भन्नुहुन्छ  “मेरो विचारमा चीनको भविष्य उज्ज्वल हुने छ। चीनको अर्थतन्त्र निरन्तर रुपमा राम्रो बन्दैछ। चीनको विज्ञान क्षेत्रमा निरन्तर रुपमा विकास हुँदैछ। चिनियाँहरूले शिक्षा लिने स्तर क्रमशःउच्च बन्दैछ। चिनियाँ वृद्धवृद्धा निरन्तर रुपमा स्वस्थ भएका छन्। चीनको चौतर्फी रुपमा विकास हुँदैछ। जनताको जीवन क्रमशःबढ्दैछ।”