चीनको चन्द्रमा सर्वेक्षण परियोजना स्थिर रुपमा चल्दै
2023-04-24 14:20:52cri
Share with:

अप्रिल २४ तारिख चीनको अन्तरिक्ष दिवस। चीनको चन्द्रमा सर्वेक्षण परियोजनाको नयाँ काम शुरू हुनेछ।

चीनको राष्ट्रिय अन्तरिक्ष व्यूरोले श्रृंखलावद्ध रुपमा भविष्यमा अन्तरिक्ष सर्वेक्षण गर्ने रणनीति र योजनाहरू सार्वजनिक गर्दैछ। चिनियाँ चन्द्रमा सर्वेक्षण परियोजनाका प्रमुख डिजाइनर एवं प्राज्ञ उ वै रनले अन्तर्वार्ता दिंदै चीनको चन्द्रमा सर्वेक्षण परियोजना हालै चौथो चरणमा पुगेको र यी मध्ये छाङअ नम्बर ६ कार्यभार सन् २०२४ मा सञ्चालन हुने योजना निश्चित भएको बताउनुभयो। साथै उहाँले  उक्त मिशनको उद्देश्य चन्द्रमाको पृष्ठभूमिको माटो संकलन गरी पृथ्वीमा फिर्ता ल्याउने जानकारी दिनुभयो।

चीनको अन्तरिक्ष दिवसमा पैचिङ अन्तरिक्ष विश्वविद्यालयले पनि विविध स्कूल कार्यक्रमको आयोजना गरेको छ। चीनको अन्तरिक्ष दिवसको नाउँमा पेइ हाङ विश्वविद्यालयले लगातार ८ वर्षमा अन्तरिक्ष सांस्कृतिक महोत्सवको आयोजना गरेको छ। यस महोत्सवमा नामी शिक्षाविद्ले रिपोर्ट दिने, ज्ञान प्रतियोगिताको आयोजना गर्ने र अन्तरिक्ष कार्निवल आदि कार्यक्रमको आयोजना गरेको छ।