ग्रामीण क्षेत्रको पुनरूत्थानको बाटोमा चियाको सुगन्धित बास्ना
2023-04-24 14:57:04cri
Share with:

 

फु आन भन्ने ठाउँ चीनको ऐतिहासिक प्रसिद्ध चिया अर्थात् थान याङ चियाको उद्गम स्थल हो। हाल त्यहाँ जम्मा २०० वर्ग किलोमिटर क्षेत्रफलका चिया बगैंचा छन् र त्यसको कुल उत्पादन मात्रा १० अर्ब चिनियाँ युआन पुगेको देखिन्छ। स्थानीय किसानहरूको औसत आयमध्ये ४० प्रतिशत चिया उत्पादनबाट आएको छ। सन् १९१५ थान याङ चियाले पानामा अन्तर्राष्ट्रिय एक्स्पोको स्वर्ण पुरस्कार जितेको थियो। त्यसपछि थान याङ चिया त्यति बेला युरोपमा सबभन्दा लोकप्रिय पिउने पेयमध्येको एक बनेको थियो। 

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले लामो समययता चिया संस्कृतिको उत्तराधिकारप्रति निकै महत्व दिँदै आउनुभएको छ। चीनको फु चेन प्रान्तमा काम गरेको अवधिमा उहाँले अघिपछि ४ पटक गरी थान याङ गाउँ पुगेर निरीक्षण भ्रमण गर्नुभएको थियो। उहाँले थान याङ भन्ने मार्काको माया, संरक्षण, विकास र सदुपयोग गरी थान याङ चियालाई पूरै चीन अझ विशेषगरी समस्त विश्वसमक्ष फैलाउने प्रस्ताव पनि प्रस्तुत गर्नुभएको छ।