वैदेशिक रोजगारका लागि चैतमा साढे ६१ हजार विदेशिए
2023-04-24 16:07:21CRI
Share with:

स्वदेशमा रोजगारीको अवसर नहुँदा नेपाली युवाहरू धमाधम विदेश जाने क्रम रोकिएको छैन। मुलुकमा बेरोजगारी बढ्दै गएपछि चालु आर्थिक वर्षको चैत महिनामा मात्र करिब साढे ६१ हजार युवा विदेशिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार चैत महिनामा ६१ हजार ४ सय ७८ जना रोजगारीकै खोजीमा विदेश गएका हुन्। फागुन महिनामा पनि सोही हाराहारीमा विदेशिएका थिए। वैदेशिक रोजगारीमा विदेशिने युवाको संख्या गत वर्षहरू भन्दा उच्च रहेको जानकारी विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले दिनुभयो।

माघमा ६४ हजार २ सय ८४ जना युवा विदेशिएका थिए। यो नयाँ श्रमस्वीकृति तथा पुनः श्रम स्वीकृति लिनेसमेतको संख्या हो। फागुनमा ५६ हजार ७ सय १९ जना पुरुष र ५ हजार १ सय २६ जना महिला कामको खोजीमा विदेशिएका छन्। त्यस्तै चैत महिनामा ५६ हजार ३ सय ४३ जना पुरुष र ५ हजार १ सय ३५ जना महिला विदेशिएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ। मुलुकमा बेरोजगारी बढ्दै गएपछि चालु आर्थिक वर्षको चैत महिनामा मात्र करिब साढे ६१ हजार युवा विदेशिएका छन्।

तथ्यांक अनुसार फागुन महिनामा मलेसियाका लागि १९ हजार ८ सय २४ जना र चैतमा १६ हजार २ सय ६५ जनाले श्रम स्वीकृति लिएका थिए। कतारका लागि फागुनमा ११ हजार ३ सय ३ जना थिए भने चैतमा ११ हजार २ सय ४९ जनाले श्रम स्वीकृति लिएका छन्। त्यस्तै साउदी अरबियामा फागुनमा ९ हजार ५ सय ३ जना थिए भने चैतमा फागुनको भन्दा १ हजार ८ सय ६१ जनाले बढी थियो। युएईका लागि चैतमा १० हजार १ सय ९३ जनाले स्वीकृति लिएको विभागको तथ्यांक छ।

नागरिकन्यूज डटकमका अनुसार कुवेतमा २ हजार ७ सय ९४ जनाले श्रम स्वीकृति लिएका छन्। यस्तै कोरियामा २ हजार ३ सय २३ जनाले स्वीकृति लिएका छन्। रोमानियामा १ हजार ५ सय ७८ जनाको स्वीकृति जारी भएको छ। जापानमा ९ सय २८ जना, पोल्याण्डमा ४ सय ७८ र बहराइनमा ६ सय ७४ जनाले स्वीकृति लिएको विभागको तथ्यांक छ।

कुवेतमा २ हजार ७ सय ९४ जनाले श्रम स्वीकृति लिएका छन्। यस्तै कोरियामा २ हजार ३ सय २३ जनाले स्वीकृति लिएका छन्। चैत महिनामा सबैभन्दा बढी धनुषा जिल्लाबाट ३ हजार ६ सय ८१ जना विदेशिएका छन् भने झापाबाट २ हजार ८ सय २३ जना नेपालीहरू वैदेशिक रोजगारीको लागि विभिन्न मुलुक गएको विभागका तथ्यांकले देखाएको छ। त्यस्तै सिराहाबाट २ हजार ५ सय ९२, महोत्तरीबाट २ हजार ४ सय ७१, मोरङबाट २ हजार ४ सय १२, रूपन्देहीबाट १ हजार ९ सय ३३ र सर्लाहीबाट १ हजार ८ सय ६९ जना विदेशिएका छन्। 

फागुनमा विदेशिएका अधिकांश नेपाली युवा दक्ष योग्यताका छन्। विभागका अनुसार फागुनमा विदेशिनेमध्ये ४१ हजार ७ सय २९ जना दक्ष र १४ हजार ३ सय ५३ जना अदक्ष युवा विदेशिएका छन्। 

चैत महिनामा सबैभन्दा बढी धनुषा जिल्लाबाट ३ हजार ६ सय ८१ जना विदेशिएका छन् भने झापाबाट २ हजार ८ सय २३ जना नेपालीहरू वैदेशिक रोजगारीको लागि विभिन्न मुलुक गएको विभागका तथ्यांकले देखाएको छ। 

दक्षभन्दा माथिल्लो स्तरको योग्यता भएका ५ हजार २ सय ९३ जना युवाले श्रम स्वीकृति लिएका छन्। प्रोफेसनल योग्यताका ८३ र उच्च दक्षता हासिल गरेका २० जना वैदेशिक रोजगारीका लागि गएको तथ्यांकले देखाएको छ।