नेपालमा आज लोकतन्त्र दिवस मनाईँदै
2023-04-24 15:57:23CRI
Share with:

आज ११ वैशाख लोकतन्त्र दिवस मनाईँदैछ। २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आफ्नो कब्जामा लिएको संसदलाई जनआन्दोलनका बलमा पुनः स्थापित गरेका थिए। 

सोही दिनको सम्झना हरेक वर्ष वैशाख ११ मा लोकतन्त्र दिवस मनाउने गरिएको छ।

जनआन्दोलनको बलमा नेपालमा लोकतन्त्र स्थापना भएको १७ वर्ष पुगेको छ। सोही अवसरमा आज देशभर विविध कार्यक्रम गरी ‘लोकतन्त्र दिवस’ मनाउन लागिएको नेपालभ्यूज अनलाइनले लेखेको छ।

तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ सालमा संसद विघटन गरी शासनसत्ता आफ्नो हातमा लिएका थिए। त्यसविरुद्ध तत्कालीन अवस्था सशस्त्र विद्रोह गरिरहेको नेकपा माओवादी र सडक संघर्ष गरिरहेको सात दलले संयुक्तरूपमा भएको जनआन्दोलनका कारण राजा संसद पुनःस्थापना गर्न बाध्य भएका थिए। 

त्यसपछि नेपालमा गणतन्त्र स्थापना भयो, संविधानसभाबाट संविधान जारी जारी भयो, मुलुक संघीयतामा गयो । र, अहिले नयाँ संरचनाअनुसार देशमा दोस्रोपटक संसदीय चुनाव भइसकेको छ। तर, अझै पनि धेरै नागरिकले व्यवस्था फेरिए पनि देश र आफ्नो अवस्था उस्तै रहेपछि नागरिकमा निराशा झन्झन् बढेको छ।