“अन्तरिक्षमा कुराकानी” बाट विभिन्न मुलुकका किशोर किशोरीको अन्तरिक्ष सपनामा उज्यालो थपिएको
2023-04-25 14:57:47cri
Share with:

 

“अन्तरिक्षमा कुराकानी अर्थात् शन चौ १५ नम्बर अन्तरिक्ष यात्रु समूह तथा शाङहाई सहयोग संगठनका किशोर किशोरी बीचको प्रश्नोत्तर” भन्ने गतिबिधि हालै आयोजना गरिएको छ। यस गतिबिधिको मुख्य सभास्थल पैचिङमा रहेको छ भने शाङहाई सहयोग संगठनका १० वटा सदस्य मुलुक र पर्यवेक्षक मुलुकमा शाखा सभास्थल खडा गरिएको छ। यसबाहेक, इजिप्ट लगायत जम्मा १४ वटा संवार्ता साझेदारी मुलुकमा अनलाईन कक्षाको पनि स्थापना गरिएको छ।

 

पाकिस्तान, भारत, मङगोलिया, नेपाल र म्यान्मारका शाखा सभास्थलमा उक्त गतिबिधिमा सहभागी किशोर किशोरीहरूले अन्तरिक्षमा रहेका चिनियाँ अन्तरिक्ष यात्रुहरूसित रोचक कुराकानी गरेका छन्। त्यस गतिबिधिबाट नेपाल लगायत विविध मुलुकका किशोर किशोरीहरूको अन्तरिक्ष सपनामा ज्ञानको ज्योति थप्ने काम भएको छ।