एशिया सांस्कृतिक सम्पदा संरक्षण गठबन्धनको स्थापना
2023-04-25 14:59:24cri
Share with:

संस्कृति तथा पर्यटन मन्त्रालय, राष्ट्रिय सांस्कृतिक वस्तु ब्युरो र पल्लो शान सी प्रान्तीय जन सरकारको संयुक्त तत्वावधानमा आयोजित “एशिया सांस्कृतिक सम्पदा संरक्षण गठबन्धन सम्मेलन” २५ तारिख बिहान चीनको पल्लो शान सी प्रान्तको सीआन शहरमा शुरू भएको छ। उक्त सम्मेलनमा एशिया सांस्कृतिक सम्पदा संरक्षण गठबन्धनको औपचारिक रूपमा स्थापना भएको घोषणा गरिएको छ।

 

सो सम्मेलनको कोसेढुङगाको अर्थ रहेको छ। किनभने २१ वटा एशियाली मुलुक, संयुक्त राष्ट्र संघ युनेस्को, अन्तर्राष्ट्रिय सांस्कृतिक सम्पदा संरक्षण र मर्मत अनुसन्धान केन्द्र तथा लोपोन्मुख सांस्कृतिक सम्पदाको संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय कोष लगायत सांस्कृतिक सम्पदा क्षेत्रका ३ वटा मुख्य अन्तर्राष्ट्रिय संगठनको सो सम्मेलनमा सहभागिता रहेको छ।

 

उक्त सम्मेलनले एशिया सांस्कृतिक सम्पदा संरक्षण गठबन्धन सिआन घोषणा पत्र जारी गर्नुबाहेक रेशमी मार्गको प्राचीन संस्कृति सहकार्य र अनुसन्धान केन्द्रको अनावरण गर्ने कार्यक्रम रहेको छ।