चीन-मध्य एशियाली देशका विदेशमन्त्री बीचको चौथो वार्ताको आयोजना हुने
2023-04-25 16:44:31CRI
Share with:

चीन-मध्य एशियाली देशका विदेशमन्त्री बीचको चौथो वार्ता चीनको सिआन शहरमा आयोजना हुने भएको छ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले २५ तारिख नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो। 

प्रवक्ता माउका अनुसार, सन् २०२२ जुनमा चीन- मध्य एशियाली देशका विदेशमन्त्री बीचको तेस्रो वार्ताको अवसरमा सबै पक्षले चीन- मध्य एशियाली राष्ट्रनायक वार्ता व्यवस्थापनबारे सहमति जनाएका थिए। सहमतिअनुसार, पहिलो शिखर सम्मेलन चीनबाट आयोजित हुनेछ। यसपटक विदेशमन्त्रीको वार्ताको मुख्य कार्य शिखर सम्मेलनका लागि राजनीतिक तयारी गर्नु हो। छ पक्षले शिखर सम्मेलनको योजना, क्षेत्रीय सहयोग र साझा अभिरूचि अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयबारे वैचारिक आदानप्रदान गर्ने जनाइएको छ।