अमेरिका कस्तो अनौठो घेरामा फसेको छ?
2023-04-25 16:28:23CRI
Share with:

हाल अमेरिकामा अनेकौं गोलीकाण्डका घटना भएका छन्। द न्यूयोर्क टाइम्सले हालै जनाएअनुसार, उनीहरू मात्र गलत ठाउँ गए। गलत ढोका खोले। अनजानमा गल्ती गरे तर जसबाट गम्भीर नतिजाको सामना गर्नुपर्नेछ। अमेरिकी मिशिगन राज्यका एक १६ वर्षीय अफ्रिकी मूलका अमेरिकी युवा यारले भाईसँग घर फर्कँदा गलत आवास क्षेत्र गए। उनलाई उक्त आवासका मालिकले गोली हाने। 

“अमेरिका आज” पत्रिकाले जनाएअनुसार, दर्जनौं वर्षहरूयता “गलत ठाउँमा” भएको गलत गोली काण्डहरूबाट अमेरिकामा दुखद नतिजा देखापरेको छ।   

ती घटनाहरूअनुसार, जातिवाद महत्वपूर्ण कारण हो। तथ्यांकअनुसार, गोलीका घटनाबाट पीडित भएकाहरूमध्ये १५ देखि ३४ वर्षसम्मका अफ्रिकी मूलका अमेरिकीले सर्वोच्च अनुपात ओगटेको छ। गोली घटनाबाट अफ्रिकी मूलका अमेरिकीहरूको मृत्यु दर गोरा अमेरिकीहरूको मृत्यु दरको  दश गुणा हो। 

हालैका वर्षहरूयता अमेरिकी समाजको जनमतको कटौती, धनी र गरिबबीचको भिन्नता, जातिवादआदि समस्याहरूबाट मानिसहरूको असुरक्षा महसुस निरन्तर रुपमा माथि उकासिएको छ। तथ्यांकअनुसार, गत शताब्दीको सत्तरी दशकको शुरूमा करीब आधा खण्डका अमेरिकीहरूको विचारमा प्रायजसो अमेरिकीहरू भरपर्दो भए। तर सन् २०२० मा यो अनुपात घटेर तीन खण्डमध्येको एक खण्डभन्दा कम भयो। 

लामो समयबाट हेर्दा प्रणाली सुधार नभएमा अमेरिकाको गहिरो स्तरको सामाजिक विवाद समाधान गर्न सकिँदैन।