अल्पसंख्यक जाति# ३०० वर्षको इतिहास बोकेको लामा टेम्पल-3
2023-04-25 15:43:06cri
Share with:

लामा टेम्पल पैचिङको दोस्रो रिङरोडको उतर-पूर्वी छेउमा अवस्थित छ। यो भवन छिङ राजवंशको सबैभन्दा महत्वपूर्ण गुम्बा थियो। सुरूमा त्यहाँ राजकुमार यिन चनलाई प्रदान गरिएको घरआवास थियो। शाही अधिकार जित्ने युद्धमा उनले अन्तिममा सम्राटको पद जिते।

यसका साथै यो दरबारको तह पनि क्रमशः बढेको थियो। उक्त दरबार शाही पूर्वजको पूजाआजा गर्ने मन्दिर बनेको थियो। त्यसपछि तिब्बतलाई स्थिर बनाउन र उत्तर-पश्चिमी भागमा बसोबास भएका जातिहरूलाई एकीकृत गर्नका लागि तत्कालीन छ्यान लुङ सम्राटको आदेशमा योङ ह कोङ नामक दरबारलाई तिब्बती बुद्ध धर्मको गेरूवा सम्प्रदाय पन्थको गुम्बाको रूपमा निर्माण गरिएको थियो।

योङ ह कोङ दरबार लामा टेम्पल बनेपछि धेरै प्रतिष्ठित भिक्षु र लामाहरू यो टेम्पलमा अध्यक्ष नियुक्त भएका थिए। यसको तिब्बत, मंगोलिया लगायतका जातीय क्षेत्रमा ज्यादै प्रभाव बढेको थियो। वास्तवमा योङ ह कोङ अर्थात् लामा टेम्पल छिङ राजवंशको प्रथम शाही मन्दिर-गुम्बा हो, बहुजातीय साँस्कृतिक आदानप्रदान गर्ने तथा मिल्ने महत्वपूर्ण स्थलहरूमध्येको एक हो, तिब्बती बुद्ध धर्मको सँस्कृति उतराधिकार गर्ने धार्मिक ठाउँ हो, र छिङ राजवंशको केन्द्रिय सकारले मंगोलिया तथा तिब्बतसम्बन्धी मामिलाको व्यवस्थापन गर्ने राजनीतिक केन्द्र पनि भनिएको छ। यसले चीनको एकीकरणको संरक्षण गर्न, जातीय एकतालाई सबल पार्न र सीमा क्षेत्रको स्थिरताको प्रत्याभूति गर्न ज्यादै महत्वपूर्ण भूमिका खेलेको थियो। 

 

हाल योङ ह दरवार अर्थात् लामा टेम्पलमा धेरै सुन्दर बुद्ध मूर्ति र भव्य बहुमूल्य वस्तुहरू प्रदर्शन गरिएका छन्। तर त्यसमध्ये सबैभन्दा महत्वपूर्ण र लामा टेम्पलको सम्पदा मानिएको वस्तु सूनबाट बनाइएको एउटा बोटल हो। उक्त बोटलले छिङ राजवंशबाट निश्चित गरिएको “स्वर्ण कलशबाट त्यसभित्र राखिएका अक्षर अंकित सिटाहरूलाई झिकी गोला हाल्ने तरिका” पुष्टि गरेको छ। यो परिपाटी सर्वप्रथम लामा टेम्पलको एउटा कोसेढुंगामा लेखिएको हो।

 

लामा टेम्पलको मुख्य दरबारअगाडि एउटा मण्डप छ। यो मण्डपभित्र एउटा कोसेढुंगा राखिएको छ। उक्त कोसेढुंगामा मान, हान, तिब्बत र मंगोलियालगायत चार भाषामार्फत् “लामाको जानकारी” नामक लेख लेखिएको छ। यो लेख छ्यान लोङ सम्राटले सन् १७९२मा लेखेको हो। जसले तिब्बती बुद्ध धर्मबारे छिङ वंशको केन्द्रिय सरकारको नीति व्याख्या गर्नुका साथै  “स्वर्ण कलशबाट त्यसभित्र राखिएका अक्षर अंकित सिटाहरूलाई झिकी गोला हाल्ने तरिका”को निश्चित गरेको छ। त्यसमा तिब्बती बुद्ध धर्मको सुरूवात तथा विकासबारे चर्चा गर्नुका साथै छिङ वंश सरकारले तिब्बती बुद्ध धर्मको संरक्षण गर्ने नीतिबारे व्याख्या गरेको छ। साथै तिब्बती बुद्ध धर्ममा देशलाई पृथक् पार्ने केही मान्छेमाथि सरकारले दिएको सजाय पनि त्यस लेखमा उल्लेखित छ।