चीनको राष्ट्रिय सार्वभौमिकता र भूभागको अक्षण्णुतामाथि हानी पुर्याइने सबै कारवाईप्रति चीनको उच्च सतर्कता
2023-04-26 15:03:19cri
Share with:

चीनको राष्ट्रिय सार्वभौमिकता र भूभागको अक्षण्णुतामाथि सम्भावित हानी पुर्याइने सबै कारवाईप्रति चीनले उच्च सतर्कता राख्नुपर्छ। चीनको राज्य परिषद् अन्तर्गत थाइवान मामिला कार्यालयका प्रेस प्रवक्ता चु फङ ल्येनले २६ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

 

हालै परराष्ट्र तथा सुरक्षा नीति सम्बन्धी युरोपेली संघका उच्च प्रतिनिधि जोस बोरेलले एउटा टिप्पणी लेख प्रकाशित गर्दै थाइवान जलडमरू क्षेत्रमा पानीजहाजको गश्ती गर्न युरोपेली नौ सेनालाई आह्वान गरेका छन्। यस विषयबारे चर्चा गर्दै प्रवक्ता चुले चीनको राष्ट्रिय सार्वभौमिकता र भूभागको अक्षण्णुतामाथि सम्भावित हानी पुर्याइने सबै कारवाईप्रति चीनले उच्च सतर्कता राख्नुपर्ने कुरामा जोड दिनुभएको छ।