सी चिनफिङ र भियतनाम कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनीतिक व्यूरोका सदस्यबीच भेट-वार्ता
2023-04-26 18:53:39CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव एवम् चीनका राष्ट्राध्यक्ष सी चिनफिङले २६ तारिख जन बृहत् सभा भवनमा भियतनाम  कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनैतिक व्यूरोका सदस्य एवम् केन्द्रिय सचिवालयका सचिव तथा केन्द्रिय संगठन विभागका मन्त्री ट्रोङ थि माइसँग भेट-वार्ता गर्नुभएको छ। 

चालू वर्ष चीन र भियतनामबीच चौतर्फी रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्ध स्थापना भएको १५ औं वार्षिकोत्सव भएको कुरा सी चिनफिङले बताउनुभएको छ। जटिल अन्तर्राष्ट्रिय वातावरण र दुइ देशका आफ्ना कार्यका सामु दुई पक्षले राजनीतिक विश्वासलाई सुदृढ पार्ने, एकता तथा सहकार्यलाई सबल पार्ने र मतभेदको राम्ररी नियन्त्रण गर्ने गरी संयुक्त रूपमा खतरा तथा चुनौतीको सामना गरेर चीन- भियतनाम भाग्य समूदायको निर्माणलाई अगाडि बढाउनुपर्छ।

प्रत्युत्तरमा ट्रोङले भियतनामले चीनसँगको मैत्रीपूर्ण सहकार्यको विकासलाई वैदेशिक नीतिमा प्रथम स्थानमा राखेको व्यक्त गर्नुभयो। भियतनामले एक चीन नीति लागू गरेर चीनको एकीकरण कार्यलाई दृढताका साथ समर्थन दिएको छ। भियतनामले चीनसँग दुई पार्टीका सर्वोच्च नेतागणको सहमतिलाई कार्यान्वयन गरेर पार्टी तथा देशको सम्बन्ध र समान विकासलाई घच्घच्याउने इच्छा लिएको छ। भियतनामले महासचिव सीबाट प्रस्तुत विश्व प्रस्तावलाई समर्थन दिनुका साथै चीनबाट आयोजना हुन लागेको तेस्रो “बेल्ट एण्ड रोड” अन्तर्राष्ट्रिय सहकार्य मञ्चलाई समर्थन दिएको छ। चीनसँग क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहयोगलाई सबल पारेर अघि बढ्ने आशा पनि उहाँले व्यक्त गर्नुभएको छ।