चीनको क्वाङचौ मेलामा पहिलो पटक आयात एक्स्पोको स्थापना
2023-04-26 14:27:47cri
Share with:

१३३औँ चिनियाँ आयात निर्यात व्यापार मेला अर्थात क्वाङचौ व्यापार मेला हाल क्वाङचौ सहरमा आयोजना भइरहेको छ। लगभग १२ हजार व्यवसायले मेलामा भाग लिएर मेलाको परिमाण, प्रदर्शनीको संख्या तथा भाग लिएका व्यवसायको संख्या इतिहासमै सबैभन्दा उच्च रहेको छ।

यस पटकको क्वाङचौ व्यापार मेलामा पहिलो पटक आयात प्रदर्शनी स्थापना गरेर जम्मा २६ वटा मुलुक र क्षेत्रका १३० व्यवसायले उपहार, भोजन सामग्री, घरायसी सामग्री आदी १३ वटा क्षेत्रका प्रदर्शनीमा भाग लिएका छन्।

गर्भवती महिला, शिशु र बालबच्चाको सामग्रीको प्रदर्शनी यस वर्ष स्थापना गरिएको नयाँ क्षेत्र हो साथै हजारौँ किसिमका चीन र विदेशमा लोकप्रिय उत्पादन वस्तुहरूको प्रदर्शनीमा सार्वजनिक गरिएको छ। खेलौना पनि यस पटकको क्वाङचौ मेलाको विशेष उत्पादन रहेको छ र धेरै प्रदर्शकहरूले नयाँ डिजाइनका उत्पादनलाई मेलामा ल्याएका छन्।