राष्ट्राध्यक्ष सी चिनफिङद्वारा चीन र विश्व बौद्धिक सम्पदा अधिकार संगठन बीचको सहकार्यको ५० औँ वार्षिकोत्सवको अवसरमा बधाई पत्र
2023-04-26 10:48:49cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अप्रिल २६ तारिख चीन र विश्व बौद्धिक सम्पदा अधिकार संगठन बीचको सहकार्यको ५० औँ वार्षिकोत्सवको अवसरमा आयोजित प्रचार प्रसार सप्ताहको मुख्य समारोहलाई बधाई पत्र पठाउनुभएको छ।

 

आफ्नो पत्रमा बितेका ५० वर्षयता चीनले सधैँ नै दृढताका साथ अन्तर्राष्ट्रिय बौद्धिक सम्पदा अधिकारको बहुपक्षीय प्रणालीको संरक्षण गर्नुका साथै विश्व बौद्धिक सम्पदा अधिकार संगठनसँगको सहकार्यलाई निरन्तर रूपमा गहन र विस्तार पारी टड्कारो उपलब्धि प्राप्त गरेको औँल्याउनुभएको छ। विश्व बौद्धिक सम्पदा अधिकार संगठनसँगको मैत्रीपूर्ण सहकार्यलाई अझ गहन पारी सँगै मिलेर वैश्विक बौद्धिक सम्पदा अधिकारको सञ्चालन प्रणालीलाई अझ निष्पक्ष र उचित दिशातर्फ विकसित पार्दै जान चीन इच्छुक रहेको पनि उहाँले बताउनुभएको छ।

 

उक्त समारोह २६ तारिख पैचिङमा आयोजना गरिएको छ।