सी आन शहरमा एसियाली सांस्कृतिक सम्पदा संरक्षण संघको सम्मेलन शुरू
2023-04-26 10:20:49cri
Share with:

एसियाली सांस्कृतिक सम्पदा संरक्षण संघको पहिलो सम्मेलन अप्रिल २५ तारिखदेखि पल्लो शान सी प्रान्तको राजधानी शहर सी आनमा शुरू भएको छ। चीनका राज्य परिषदका सदस्य चेन यिछिनले राष्ट्राध्यक्ष सी चिन फिङको बधाई सन्देश पढेर सुनाउनुकासाथै एसियाली सांस्कृतिक सम्पदा संरक्षण संघको आधिकारिक रूपमा स्थापना गरिएको घोषणा पनि गर्नुभएको छ।

 

राष्ट्राध्यक्ष सी चिन फिङको बधाई पत्रले एसियाली सांस्कृतिक सम्पदा संरक्षण संघको निर्माणमा आशा जगाएको चेन यिछिनले औँल्याउनुभयो। सो पत्रले एसियाली सांस्कृतिक सम्पदाको संरक्षण र एसियाली सभ्यताहरूबीचको आदान-प्रदान तथा आपसी सिकाइलाई समृद्ध बनाउने दिशा दिएको पनि उहाँले बताउनुभयो।

 

संघले राष्ट्राध्यक्ष सी चिन फिङको बधाई पत्रको भावनालाई पछ्याउने छ। एसियाली सांस्कृतिक सम्पदाको संरक्षण, एसियाली सांस्कृतिक समृद्धि, पर्यटन विकास र सांस्कृतिक सम्पदाको संरक्षण तथा अन्तर्राष्ट्रिय प्रवर्द्धनका लागि कार्य योजनाबारे अरू एसियाली मुलुकहरूसँग छलफल गर्न चीन इच्छुक रहेको सदस्य चेन यिछिनले बताउनुभयो। चीनले सांस्कृतिक सम्पदाको क्षेत्रमा सहयोग र मानव सभ्यताको संरक्षणमा अरू धेरै योगदान दिने पनि उहाँले व्यक्त गर्नुभयो।