चीनले उच्च गुणस्तरीय विकासतर्फ निरन्तर रूपमा अघि सार्ने
2023-04-26 09:16:43cri
Share with:

गत चीनको अन्तर्राष्ट्रिय उपभोग वस्तु एक्स्पोमा नेपाली इन्टर्नेट सेलिब्रेटी शंकर कोइरालाले हाइनानको उच्च तापक्रमको अनुभव मात्र नभइ चिनियाँ बजारको तातोपन पनि अनुभव गरेका छन्। नेपालमा सानो पसल खोलेदेखि गत वर्ष चीनको अन्तर्राष्ट्रिय आयात एक्स्पोमा १ करोड ५० लाख युआनको अर्डर र फेरि यस चोटि उपभोग वस्तु एक्स्पोको अनुभवले छक्क परेका शंकर कोइरालाले ३ वर्ष बिताएका छन्। ३ वर्षमा उनले इन्टर्नेट लाइभ प्रसारणमार्फत ठूलो व्यापार गर्नुका साथै साथीभाइहरूलाई पनि सीमापार ई-कमर्सउद्योगमा ल्याएका छन्। वास्तवमा, नेपालमा अरू धेरै युवा र साना पसलका मालिकले सीमापार ई-कमर्समार्फत चिनियाँ बजारको शेयर गर्ने इच्छा लिएका छन्, तर कसरी सुरू गर्ने थाहा छैन। हाल यीवुमा आयोजित एक कार्यक्रमले उनीहरूलाई निकै उत्साहित बनाएका छन्।

अप्रिल १८ तारिख यीवु इन्डस्ट्रिज तथा कमर्स कलेजअन्तर्गत नेपाल ई-कमर्स प्रत्यक्ष प्रसारण स्कूल स्थापना भएको छ साथै पहिलो नेपाल सीमापार ई-कमर्स प्रत्यक्ष प्रसारण तालिम कक्षा पनि खोलिएको छ। जसबाट यीवुमा बस्ने नेपाली उद्यमीहरू र विद्यार्थीहरूलाई सक्रिय सहभागी हुन आकर्षित गरिएको छ साथै नेपालमा बस्ने उद्यमी र विद्यार्थीहरूलाई पनि अनलाइन सहभागी हुन आकर्षित गरिएको छ। नेपाल–चीन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज यीवु कार्यालयका प्रमुख विष्णु दुमरूले निकै खुशी भएर भन्नुभयो कि यो स्कूलले सीमापार ई-कमर्स कौशल सिक्न नेपाली युवाहरूलाई निकै महत्वपूर्ण मञ्च प्रदान गरेको छ साथै आफ्नै सपनालाई साकार गर्न नेपाली युवालाई मद्दत गरेर मानव भाग्य समुदायको संयुक्त रूपमा सिर्जना गर्नेछ।

हाल यस वर्षको मध्यकालमा भारतले चीनलाई नाघेर विश्वको शीर्ष ठूलो जनसांखिक मुलुक बन्ने खबरबाट धेरैजनाको ध्यानाकर्षित गरिएको छ। तर ध्यानाकर्षणको कारण भने कुनै पश्चिमा मिडियाले जनसंख्या विषय प्रयोग गरी फेरि चीनको विकासमाथि नकारात्मक अडान राखेकोले भएको छ। वास्तवमा हाल चीनमा ९० करोड श्रम शक्ति छन् भने प्रतिवर्ष थपिने श्रम शक्तिको संख्या १ करोड ५० लाखभन्दा बढी पुगेको छ, साथै चीनले वृद्ध समाजको सामना गर्न सक्रिय रूपमा राष्ट्रिय रणनीति चलाएर परिवारका तेस्रो बच्चा नीति तथा सम्बद्ध समर्थन कदम पालना गरी जनसांख्यिकीय परिवर्तनको सक्रिय रूपमा सामना गरेको छ। त्यसैले जनसांखिक लाभांश पश्चिमा मिडियाले भनेको जस्तो हराएको छैन। साथै हामीले ध्यान दिनुपर्छ कि जनसंख्यालाई दक्षतासम्म रूपान्तरण गरेर मात्र साँच्चिकै लगातार उच्च गुणस्तरीय विकास गर्नसक्छ। चीनले अघिदेखि नै ध्यान दिनुका साथै दक्षताको विकासमा झनै बढी लगानी गरेको छ। हाल चीनमा उच्च शिक्षा लिएका जनसंख्या २४ करोडभन्दा बढी पुगेको छ भने थपिएको श्रम शक्तिको औसत शिक्षा लिने समय १४ वर्ष पुगेको छ यसबाट दक्षता लाभांशले आकार लिइरहेको छ। यो नै आर्थिक रूपान्तरण र स्तरोन्नतिलाई प्रबर्द्धन गरी निर्धक्क रूपमा उच्च गुणस्तरीय विकासतर्फ हिँड्ने बाटो हो। यसरी नै यस वर्षको पहिलो त्रिमासिक चीनको आर्थिक वृद्धि दर ४.५ प्रतिशत पुगेको छ र बाह्य क्षेत्रको पूर्वानुमानलाई नाघेको छ र बलियो शक्ति देखाइएको छ।

भविष्यमा चीनले दक्षता लाभांशको आधारमा उच्च गुणस्तरीय विकासतर्फ निरन्तर रूपमा अघि सार्नेछ। अझ महत्वपूर्ण कुरा के हो भने चीनले विश्वसँगै विकास गर्नेछ।